Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

भवन निर्माण विभागकाे भाैतिक प्रगति ६५ प्रतिशत मात्र, परिणाम देखिने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन


काठमाडौं । शहरी विकास मन्त्री सीता गुरुङले कर्मचारीहरुलाई परिणाममुखी काम गर्न निर्देशन दिएकी छन् । आयोजनामा रहेको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहको बताउदै उनले परिणाम आउने गरी काम गर्न निर्देशन दिएकी हुन्।

शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको २०७९/०८० को वार्षिक प्रगति समिक्षा तथा आर्थिक वर्ष २०८०/०८१ को वर्षिक कार्यक्रम कार्यान्वयन सम्बन्धी गोष्ठिलाई शुक्रवार सम्बोधन गर्दै मन्त्री गुरुङले मनदेखि नै काम गर्न आयोजनाका प्रमुखहरुलाई निर्देशन दिइन् ।

‘समस्या छ भनेर मात्र होइन, समाधान गर्ने गरी अघि बढनुहोस, मन्त्रालयले गर्नुपर्ने निर्णय समयमा नै गरेर अघि बढछ’ उनले भनिन् ।  आयोजना, विभाग र मन्त्रालयको समन्वयको कामलाई प्रभावकारी रुपमा अघि बढाइने प्रतिबद्धता जनाउदै उनले अन्तरमन्त्रालयको समन्वयको कामलाई पनि उच्च प्राथमिकता दिइने बताइन् ।

मन्त्रालयले गत आर्थिक वर्षमा अपेक्षा अनुसार पुँजीगत खर्च गर्न नसकेको बताउदै मन्त्री गुरुङले यस आर्थिक वर्षमा लक्ष्य अनुसारको पुँजीगत खर्च बढाउनको लागि आयोजनाका प्रमुखहरुलाई निर्देशन दिइन् । कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले रुग्न आयोजनाहरुमा अब धेरै अलमलिन नहुने बताउदै काम नगर्ने निर्माण व्यवसायीहरुसँग ठेक्का तोडेर अघि बढन निर्देशन दिए ।

‘पुँजीगत खर्च बढाउन ध्यान दिनुपर्छ, अहिलेको पुँजीगत खर्च सन्तोषजनक छैन, यस आर्थिक वर्षमा लक्ष्य अनुसारको खर्च गर्न समयमा नै काम अघि बढाउनुहोस्’ उनले भने । शहरी विकास तथा भवन निर्माण विभागले गत आर्थिक वर्षमा ३८ अर्ब ९५ करोड ७९ लाख ४ हजार विनियोजन भएकोमा ५९ प्रतिशत वित्तिय र ६५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । यस आर्थिक वर्षमा विभागको लागि २९ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेको छ ।


Read Previous

पर्यटकीय विकास प्राथमिकतामा : प्रमुख आचार्य

Read Next

ढोरपाटन नगरपालिकाका छ्यान्तुङ र लामखोरिया गाउँमा सोलार बत्तीकाे उज्यालाे

Leave a Reply

Your email address will not be published.