Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

बाँकेमा खानेपानी आयोजनाबाट लाभ लिँदै उपभोक्ता


बाँके । बाँकेमा विभिन्न खानोपानी आयोजनामार्फत स्थानीय बासिन्दाले खानेपानीको उपभोग गर्न थालेका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत आंशिक रुपमा सञ्चालन भएका विभिन्न खानेपानी आयोजनाबाट स्थानीय लाभावन्वित हुन थालेका हुन् । ‘पहिले धेरैजसो हाते पम्पको सहायतामा आउने खानीपानीको प्रयोग गर्थे, दुर्गम ठाँउमा कुवाको पानीसमेत खाने गर्थे’, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनीयर प्रकाशजङ्ग शाहले भने ।

उनले नेपालगञ्जमा परम्परागत रुपमा खानेपानीको उपभोग भएको उल्लेख गर्दै कतिपय स्थानमा ‘ओभरहेड’ टंयाङ्कीको खानेपानी वितरण भएको जानकारी दिए । बाँकेका विभिन्न पालिकामा रहेका खानेपानी आयोजनामा १ लाख ५० हजार लिटरदेखि ४ लाख ५० हजार लिटर क्षमताका ओभरहेड ट्याङ्की निर्माण गरेर उपभोक्तलालाई खानेपानीको सुविधा प्रदान गरिएको छ ।

‘कतिपय योजना अहिले पनि क्रमगत अवस्थामा नै छन्, बजेटका आधारमा कति समय लाग्छ भन्ने कुरा निर्धारण हुन्छ’ सूचना अधिकारीसमेत रहेका इञ्जिनियर शाहले भने। जिल्लाको खास कुश्मा खानेपानी आयोजनाबाट दुई हजार दुई, ढकेरी खानेपानी आयोजनाबाट चार हजार पाँच सय २१, रझेना खानेपानी आयोजनाबाट चार हजार चार सय, नौवास्ता खानेपानी आयोजनाबाट दुई हजार चार सय ५७, खजुरा खानेपानी आयोजनाबाट चार हजार नौ सय ५० र महादेउपुरीया, कचनापुरबाट तीन हजार तीन सय ६१ उपभोक्ताले खानेपानीको प्रयोग गरिरहेका छन् ।

यस्तै विराट खानेपानी आयोजनाबाट दुई हजार एक सय ६२, पेडारी खानेपानी आयोजनाबाट दुई हजार दुई सय र खजुरा खानेपानी आयोजनाबाट दुई हजार एक सय १८ उपभोक्ता लाभावन्वित भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।

यसबाहेक साना खानेपानी आयोजनाका रुपमा विभिन्न खानेपानी आयोजनामार्फत स्थानीय बासिन्दाले खानेपानीको उपभोग गर्न पाएका छन् । राप्तीसोनारी गाउँपालिका वडा नं ४ का स्थानीय रामदास थारुले ओभरहेड ट्याङ्की निर्माण भएको दुई वर्ष हुँदा पनि खानेपानीको वितरण हुन नसकेको बताए ।

सघन खानेपानी विकास कार्यक्रमबाट लाभ लिँदै

नेपालगञ्ज उपमहानगरपालिकासहित विभिन्न गाउँपालिकामा सघन विकास कार्यक्रम र जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम तथा तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत विभिन्न खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् ।

बजेट अभावका कारण ती खानेपानी आयोजनाका भौतिक पूर्वाधार लगायतका आयोजनासँग सम्बन्धित काम हुन नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रममार्फत सञ्चालन भएको खानेपानी आयोजना आठ, जलवायु अनुकूलित बृहद खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत १४ आयोजना रहेका छन् ।

डुडुवा गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रम दुई, जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फतका आयोजना दुई रहेका छन् । नरैनापुर गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रम एक, जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत सात आयेजना रहेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकामा सघन खानेपानी विकास कार्यक्रम तीन, जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत तीन आयोजना छन् । जानकी गाउँपालिकामा सघन खानेपानी विकास तीन, जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत एक आयोजना छ ।

कोहलपुर नगरपालिकामा सघन खानेपानी विकास कार्यक्रम चार, जलवायु अनुकुलित बृहत खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत एक आयोजना रहेका छन् । खजुरा गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रमका चार, जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत छ योजना रहेका छन् ।

बैजनाथ गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रम चार, जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत दुई खानेपानी आयोजना रहेका छन् । ‘केही निर्माणाधीन अवस्थामा रहेका खानेपानी आयोजना छन्, केहीमा आंशिक रुपमा खानेपानीको वितरण भइरहेको छ’, इञ्जिनीयर शाहले भने । रासस


Read Previous

हेटौँडामा राजमार्ग विस्तार थालियो

Read Next

रसुवागढी–केरुङ नाकामा ट्रक कन्टेनरका समस्या

Leave a Reply

Your email address will not be published.