Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

जलविद्युतबाट ३ अर्ब रुपैयाँ बढी रोयल्टी संकलन


काठमाडौं । निर्माण सम्पन्न भई सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरूले सरकारलाई ३ अर्ब रुपैयाँ बढी रोयल्टी तिरेका छन् । विद्युत विकास विभागले आर्थिक वर्ष २०७८/७९ मा देशभरका विभिन्न जिल्लामा निर्माण सम्पन्न भई सञ्चालनमा रहेका जलविद्युत केन्द्रबाट ३ अर्ब ५ करोड ७२ लाख ६२ हजार ६ सय ८८ रुपैयाँ रोयल्टी उठाएको हो ।

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेका २० सहित सञ्चालनामा रहेका १२१ जलविद्युत केन्द्रका प्रवर्द्धक कम्पनीले जडित क्षमता र विद्युत बिक्री बापतको राेयल्टी  विभागलाई तिरेका हुन् ।

विभागकाे आर्थिक वर्ष २०७८/७९ को तथ्यांक अनुसार २ अर्ब ४२ करोड २४ लाख १२ हजार २१ रुपैयाँ विद्युत बिक्री बापतको हो । ६३ करोड  ४८ लाख ५० हजार ६ सय ६७ रुपैयाँ जलविद्युत केन्द्रले जडित क्षमता बापत तिरेको रोयल्टी रकम हो ।

यो आर्थिक वर्षमा विद्युत प्राधिकरणले ५ सय ७५ मेगावाटका २० जलविद्युत केन्द्रबाट १ अर्ब ५५ करोड ९१ लाख ४२ हजार ८ सय १२ रुपैयाँ रोयल्टी बुझाएको छ । प्राधिकरणले बुझाएको यो जडित क्षमता र विद्युत बिक्री बापतको रोयल्टी रकम हो । जसमा विद्युत बिक्री बापतको १ अर्ब १४ करोड १३ लाख ६० हजार ८ सय १२ रुपैयाँ छ ।

४१ करोड ७७ लाख ८२ हजार रुपैयाँ रोयल्टी जडित क्षमता बापतको छ। प्राधिकरण अन्तर्गतको १४४ मेगावाटको कालीगण्डकी ए ले ६० करोड ८८ लाख २८ हजार ९ सय ३९ रुपैयाँ रोयल्टी तिरेको छ । कालीगण्डकीले तिरेको यो रोयल्टी रकम अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो ।

प्राधिकरणकै कुलेखानी-१ ले १४ करोड २४ लाख १४ हजार रुपैयाँ विभागलाई तिरेको छ । कुलेखानी-२ ले ७ करोड १४ लाख ५ हजार र कुलेखानी तेस्रोले ४८ लाख ३५ हजार रुपैयाँ रोयल्टी तिरेका छन् ।

४५६ मेगावाटकाे माथिल्लाे तामाकाेसीकाे प्रवर्द्धक अप्पर तामाकाेसी हाइड्राेपावर कम्पनीले पनि १४ कराेड ८६ लाख ६६ हजार रुपैयाँ तिरेकाे छ । उसले जडित क्षमता बापत ४ कराेड ५६ लाख रुपैयाँ र विद्युत बिक्री गरे बापत १० कराेड ३० लाख ६६ हजार रुपैयाँ राेयल्टी १ वर्षमा तिरेकाे छ ।

यस्तै, ४५ मेगावाटको माथिल्लो भोटेकोसीको प्रवर्द्धक भोटेकोसी पावर कम्पनीले ३८ करोड ३९ लाख ४९ हजार ५ सय ४३ रुपैयाँ तिरेको छ । जसमा ४ करोड ५० लाख रुपैयाँ जडित क्षमता बापतको र ३३ करोड ८९ लाख ४९ हजार रुपैयाँ विद्युत बिक्री बापतको हो ।

६० मेगावाटको खिम्ती-१ ले १४ करोड ६ लाख ५७ हजार रुपैयाँ रोयल्टी सरकारलाई बुझाएको छ । ११ करोड ६ लाख ५७ हजार विद्युत बिक्री गरे बापतको र ३ करोड रुपैयाँ जडित क्षमता बापतको रोयल्टी भएको विभागले जनाएको छ ।

विद्युत प्राधिकरणको सहायक चिलिमे जलविद्युत कम्पनी अन्तर्गतको २२ मेगावाटको चिलिमे जलविद्युत केन्द्रकाे १३ करोड ३७ लाख ५३ हजार रुपैयाँ रोयल्टी उठेको छ । चिलिमेले १४ करोड ७१ लाख ४ हजार रुपैयाँ तिरेकोमा विद्युत बिक्री गरे बापत १२ करोड २५ लाख ४ हजार रुपैयाँ र जडित क्षमताका लागि २ करोड २१ लाख रुपैयाँ रोयल्टी रकम बुझाएको हो ।

बुटवल पावर कम्पनीले आँधी खोला र झिमरुक आयोजना सञ्चालन गरे बापत ९ करोड ५२ लाख १७ रुपैयाँ हजार रोयल्टी बुझाएको छ । लाफिङ बुद्ध पावर नेपालले ३ वटा जलविद्युत केन्द्रबाट को ३६ लाख ९९ हजार रुपैयाँ रोयल्टी तिरेको विभागको तथ्यांकमा उल्लेख छ ।

हिमाल दोलखा हाइड्रो पावर कम्पनीले साढे १२ मेगावाटका २ जलविद्युत केन्द्र सञ्चालन गरे बापत ३९ लाख २२ हजार रुपैयाँ तिरेको छ । सानिमा माई हाइड्रो पावर कम्पनीले २९ मेगावाटका २ जलविद्युत केन्द्रबाट २ करोड १७ लाख ९ हजार रुपैयाँ रोयल्टी रकम तिरेको छ ।

अपि पावर कम्पनीले साढे १६ मेगावाटका २ जलविद्युत केन्द्र सञ्चालन बापत १ करोड ८ लाख ७७ हजार रुपैयाँ तिरेको छ । पञ्चकन्या माईले १८.१ मेगावाटका २ जलविद्युत केन्द्रबाट १ करोड ३६ लाख ६४ हजार रुपैयाँ रोयल्टी सरकारलाई तिरेको छ । बिन्दबासिनी हाइड्रो पावरले रुदी ए र रुदी खोला बीबाट ९८ लाख ६८ हजार रुपैयाँ रोयल्टी बुझाएको विभागले जनाएको छ ।

यस्तै माउन्टेन इनर्जीले ४७ मेगावाटका २ जलविद्युत केन्द्रबाट ३ करोड ३ लाख १६ हजार रुपैयाँ रोयल्टी तिरेको छ । छ्याङ्दी हाइड्रोपावरले ६ मेगावाटका २ जलविद्युत केन्द्रले १९ लाख ८३ हजार रुपैयाँ तिरेको छ ।

आर्थिक वर्षमा २०७८/७९ मा सञ्चालनमा रहेका केही जलविद्युत केन्द्रले रोयल्टी रकम बुझाएका छैनन् । केही जलविद्युत केन्द्रका प्रवर्द्धकले नबुझाउँदा रोयल्टी बक्यौता बाँकी देखिएको हो ।

यसरी विभिन्न आर्थिक वर्षमा प्रसारण प्रणालीमा जाेडिएका १२१ जलविद्युत केन्द्रले २०७८/७९ मा राेयल्टी रकम तिरेका छन् । आर्थिक वर्ष २०७९/८० मा प्रसारण प्रणालीमा जोडिएका जलविद्युत केन्द्रले तिरेको रोयल्टी रकम विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा समावेश छैन ।

विद्युत ऐन २०४९ को दफा ११ मा भएको व्यवस्था बमोजिम अनुमति प्राप्त जलविद्युत केन्द्रले व्यापारिक उत्पादन सुरु गरेको १५ वर्षसम्म जडित क्षमताको प्रतिकिलोवाट १ सय रुपैयाँ र प्रतियुनिट (किलोवाट घन्टा) सरदर बिक्री मूल्यको २ प्रतिशतका दरले सरकारलाई रोयल्टी बुझाउनु पर्छ ।

विद्युत उत्पादन अवधिको १५ वर्ष पूरा भइसकेपछि जलविद्युत आयोजनाले प्रतिजडित किलोवाट वार्षिक १ हजार रुपैयाँ र प्रतियुनिट (किलोवाट घन्टा) औसत बिक्री मूल्यको १० प्रतिशत रोयल्टी रकम सरकारलाई बुझाउनु पर्ने व्यवस्था छ ।

रोयल्टी बापत उठेको रकम केन्द्र सरकार, जलविद्युत आयोजनाको सम्बन्धित जिल्ला तथा स्थानीय तहमा वितरण हुने गर्दछ । स्थानीय स्तरमा जलविद्युत आयोजना निर्माण हुँदा स्थानीयबासी तथा सम्बन्धित जिल्लाको विकासमा योगदान पुग्ने गर्दछ ।


Read Previous

सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ १ असोजबाट सञ्चालन

Read Next

कालाेपत्र सडक पुगेसँगै सुगम बन्दै ताराखोला   

Leave a Reply

Your email address will not be published.