Nepal Purbadhar

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

इप्पानले गठन गर्याे विज्ञ सल्लाहकार समिति


काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विज्ञ सल्लाहकार समिति गठन गरेको छ । इप्पानको विधानमा आवश्यकता अनुसार विभिन्न समितिहरु गठन गर्न सक्ने व्यवस्था भए बमोजिम विज्ञ सल्लाहकारहरुको समिति गठन गरिएको हो ।

ऊर्जा क्षेत्रमा विशेष योगदान दिएका अग्रज ऊर्जा उद्यमी, ऊर्जा विज्ञ लगायतका व्यक्तिहरुलाई समितिमा मनोनयन गरिएको छ । जसमा पुर्व अर्थमन्त्री एवं जलश्राेत सचिव डा. शंकर कोइराला, ईप्पानका पुर्वअध्यक्षहरु डा. सुवर्णदास श्रेष्ठ, डा. सन्दिप शाह, जलविद्युत् उध्यमी डा. आत्माराम घिमिरे, जलविद्युत् विज्ञ डा. कृष्ण प्रसाद दुलाल, ई. ज्ञानेन्द्रलाल प्रधान, पुर्व कानुन सचिव उदय नेपाली श्रेष्ठ रहेका छन् ।

त्यस्तै,  भुराजनितिक विश्लेसक एवं जलविद्युत् उध्यमी अरुण कुमार सुवेदी, पुर्व जलश्राेत राज्यमन्त्री एवं उध्यमी हरिप्रसाद पाण्डे, उध्यमी मोतिलाल दुगड, पुर्व उर्जासचिव सुमन शर्मा, उध्याेग बाणिज्य महासंघका पुर्वअध्यहरु प्रदिप कुमार श्रेष्ठ, कुशकुमार जोशी र जलविद्युत अभियन्ता कृष्ण प्रसाद भण्डारीदलाइ मनोनयन गरिएको इप्पानले जानकारी गराएको छ ।

इप्पान विधानमा भएको व्यवस्था बमोजिम यस अघि २१ सदस्यीय सल्लाहकार समिति र अहिले विज्ञ सल्लाहकार समिति गठन गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए । असार १ गते बसेको कार्यसमितिको १७१ औं बैठकले सल्लाहकार र विज्ञ सल्लाहकार मनोनयन गर्ने सम्बन्धी अख्तियारी अध्यक्ष कार्कीलाई दिएको थियो । सोही निर्णयका आधारमा अध्यक्ष कार्कीले विज्ञ सल्लाहकारमा उनीहरुलाई मनोनयन गरेका हुन् । कार्यमसितिले विज्ञ सल्लाहकारहरुबाट आवश्यक परामर्श लिन सक्नेछ ।


Read Previous

ग्वार्काे ‘फ्लाई ओभरको डिजाइन’ पुनरावलोकन गरिँदै

Read Next

ग्रामीण सडकमा हेरालु परिचालन

Leave a Reply

Your email address will not be published.