Nepal Purbadhar

बाढीले भत्काएको २ दिनमै यसरी थालियो हेवा खोलामा बेलिब्रिज निर्माण


काठमाडौं । यही ३ असारको अविरल बर्षापछि आएको बाढीले क्षति पुर्याएका भौतिक संरचनाको पुर्ननिर्माण शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका संरचनाको विवरण लिई पुर्ननिर्माण थालेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए ।

बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो । पुल बगाएको दोस्रो दिन ४ असारदेखि नै पुर्ननिर्माण थालिएको छ । मन्त्री प्रकाश ज्वालाले हेवा खोलामा तत्काल बेलिब्रिज निर्माण गर्न आयोजना प्रमुख लगायत मातहतका निकायलाई निर्देशन दिएका थिए ।

सोमबार प्रधानमन्त्रीसहित मन्त्री ज्वाला बाढी पहिरो प्रभावित क्षेत्रमा पुग्नुभएको थियो । प्रभावित क्षेत्रमै पुगेर मन्त्री ज्वालाले क्षति भएका संरचनाको तत्काल पुर्ननिर्माण थाल्न निर्देशन दिएका थिए ।

मन्त्रीको निर्देशनपछि सोमबारदेखि काम शुरु भएको आयोजना प्रमुख विदुर पोखरेलले जानकारी दिए । ‘बेलिब्रिज निर्माणका सामग्रीहरु निर्माण स्थलमा पुगिसकेका छन्’ पोखरेलले भने, ‘केही दिनभित्रमा बेलिब्रिजको काम सकेर यातायात सुचारु गराउँछौ ।’


Read Previous

थाक्रेको नयाँ चिनारी बन्दै ‘नौबिसे ट्रयाम्प जिपलाइन’

Read Next

नवीकरणीय ऊर्जा प्रविधिको मर्मत सम्भारबाट आम्दानी