Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

प्रसारण लाइनको तार फेर्न हेटौंडा क्षेत्रमा स्थानीयबाट अवरोध,सहयोग गर्न प्राधिकरणको आग्रह


काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सुकौली क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् । करिब ४१ वर्ष अघि प्रसारण लाइन निर्माण गर्दा प्रभावित स्थानीयकाे जग्गाको मुआब्जा तथा क्षतिपूर्ति नदिएको तथा रुट सार्नु पर्ने जस्ता माग राखेर उनीहरूले लाइनको तार (कन्डक्टर) फेर्ने कार्यमा अवरोध गर्दै आएका हुन् ।

स्थानीयको अवरोधका कारण गत बैशाख पहिलो सातादेखि  प्रसारण लाइनकाे काम ठप्प छ । स्थानीयको अवरोधले बाँकी काम रोकिएको छ । एउटाको काम सकिएपछि अर्को सर्किटको काम सुरु हुनेछ । तराई क्षेत्रमा विद्युतकाे माग बढेको, तर कन्डक्टर बदल्न एउटा सर्किट बन्द गरिएकाले अहिले प्रसारण लाइनकाे क्षमताले नधान्दा ट्रिपिङलगायतका समस्या आई विद्युत माग व्यवस्थापन गर्ने असहज भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित उच्चस्तरीय टोलीले निर्माणस्थलमा गएर स्थानीय बासिन्दासँग छलफल गरी पूर्व–पश्चिम विद्युत प्रवाहका लागि मेरुदण्डको रुपमा रहेको लाइनको काममा अवरोध नगरदिन आग्रह गरेको छ । छलफलमा १५ नं वडाका वडाध्यक्ष सुनिल मोक्तानले करिब ४१ वर्ष अघि लाइन निर्माण गर्दा मुआब्जा तथा क्षतिपूर्ति नपाएको, लाइनका कारण घर निर्माण गर्न नसकिएको लगायतका माग स्थानीयबासीले राखेकाे बताए ।

‘राज्यका निकायले कानूनभन्दा बाहिर गएर निर्णय गर्न सक्दैनन्, यस्तो बाध्यता सबैले बुझ्नुपर्छ, स्थानीयले उठाएका जायज मागलाई प्राधिकरण व्यवस्थापनले फिल्डमै आएर सम्बोधन गर्ने विश्वास दिलाएको छ, यसलाई अविश्वास गरी काम नै गर्न नदिने भन्ने हुँदैन, त्यसैले अवरोध नगरी काममा सहयोग गरौं’, वडाध्यक्ष मोक्तानले स्थानीय समक्ष आग्रह गर्दै भने ।

नेपाल विद्युत प्राधिकरणले पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमताबृद्धि गर्न हेटौंडादेखि धनुषाको ढल्केबर सबस्टेसनसम्मको करिब १३६ किलोमिटर खण्डमा पर्ने कम क्षमताको पुरानो तार बदलेर उच्च क्षमता (High Temperature Low Sag-HTLS ) को नयाँ तार राख्न लागेको हो ।

अहिले उक्त प्रसारण लाइनबाट करिब २ सय मेगावाट विद्युत प्रवाह हुँदै आएकोमा कन्डक्टर बदलेपछि क्षमता बृद्धि भई करिब ४ सय मेगावाट प्रवाह गर्न सकिनेछ । यसबाट त्यस क्षेत्रमा विद्युत आपूर्तिमा सुधार हुने, पश्चिम क्षेत्रमा उत्पादित विद्युत पूर्वतर्फ थप प्रवाह गर्न सकिने र देशभित्र खपत गरी बढी भएको विद्युत्लाई ढल्केबर सबस्टेसनमार्फत भारततर्फ निर्यात गर्न सकिनेछ।

हेटौंडा उपमहानगरपालिका चौकीटोलस्थित सबस्टेसनबाट कमानेसम्मको ९.५७ किलोमिटर प्रसारण लाइनमध्ये एउटा सर्किटको ७.५ किलोमिटर तार फेरिएको छ । हेटौंडा–कमाने खण्डमा तार बदल्न क्रममा टावरमा जोडिएको पुरानो काटेर अस्थायी रूपमा बाँधी राखिएको छ ।

स्थानीयले राखेका जायज माग क्रमशः सम्बोधन गर्दै जाने कार्यकारी निर्देशक घिसिङले बताए । उनले  करिब ४१ वर्ष अघि बनेको प्रसारण लाइन अहिले आएर सार्न असम्भव रहेकाे पनि स्पष्ट पारे ।

‘प्रसारण लाइन निर्माणमा देशभर नै समस्या छ, निर्माणाधीन लाइनको रुट सार्न त सकिंदैन भने बनिसकेको लाइन सार्न सम्भव नै छैन,’ घिसिङले भने, ‘यो लाइनको स्तरोन्नति सकिएन भने मर्स्याङ्दी नदी करिडोरका आयोजनाहरूको विद्युत प्रवाह गर्न नसकेर खेर फाल्नु पर्ने अवस्था छ, यस्तो अवस्था आएमा दैनिक रुपमा राज्यलाई करौडौं घाटा हुन्छ, त्यसले यस्तो महत्वपूर्ण लाइनको काम रोकेर सबै माग पूरा हुन्छ भन्ने नसौचौं, काममा अवरोध नगरौं ।’

प्रसारण लाइनको रुटमा पर्ने जग्गाको कित्ताकाट गर्न दिने, बैंकमा धितो राख्नपाउनेलगायतका विषयलाई नीतिगत रुपमा सम्बोधन गर्न माथिल्लो तहमा छलफल भइरहेको र स्थानीय रूपका सामाजिक मागलाई सम्बोधन गर्दै जाने उनले विश्वास दिलाए ।

१३२ केभी प्रसारण लाइनको कन्डक्टर स्तरोन्नतिका लागि भएको ठेक्का सम्झौत ४ साउन २०७९ बाट कार्यान्वयनमा आएको थियो । ठेक्का सम्झाैता अनुसार प्रसारण लाइनकाे स्तराेन्नतिकाे काम २०८१ पुसभित्र सम्पन्न गर्ने तालिका छ ।


Read Previous

सिडेनमा केसीकाे नेतृत्वमा नयाँ कार्यसमिति

Read Next

सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन

Leave a Reply

Your email address will not be published.