Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

उज्यालो प्रदेशको अँध्यारो जिल्ला मनाङ


मनाङ । हिमाली जिल्ला मनाङमा राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिने गरी कुनै जलविद्युत आयोजना निर्माण भएका छैनन् । भाैगाेलिकरूपमा दुर्गम जिल्लाका सबै गाउँमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँग पुगिनसकेकाले अहिले पनि लघु जलविद्युतगृहकाे भरमा पर्नुपर्ने बाध्यता छ ।

अहिलेसम्म नेपाल विद्युत प्राधिकरणकाे प्रसारण प्रणाली नपुगेकाे  याे जिल्लामा सञ्चालित १३ वटा लघु जलविद्युतगृहका संरचना बाढी र पहिराेका कारणा भत्किएपछि जिल्लाबासी अँध्याराेमा बस्न बाध्य भएका छन् । बाढी र पहिराेले भत्काएका लघु जलविद्युतगृहका संरचनाकाे पुनर्निर्माण नहुँदा अन्धकार बन्न पुगेका गाउँलाई अहिलेसम्म पनि उज्यालो बनाउन सकिएको छैन ।

मनाङका केही गाउँ लघुजलविद्युतगृहकाे भरमा अहिले पनि चलिरहेका छन् । बाढीपहिराले क्षति पुगेका केही लघुजलविद्युतगृहका संरचना हालसम्म पनि निर्माण तथा मर्मत हुनसकेका छैनन् ।

निर्माण व्यवसायीले भीमताङ लघुजलविद्युत् आयोजनाको मर्मत तथा निर्माणका लागि सामग्री ल्याएर बाटोमा अलपत्र छाडिएको समाजसेवी चेकमान गुरुङले जानकारी दिए । “सामग्री ल्याएको छ, काम भने हुनसकेको छैन, ठूला जलविद्युत् निर्माणका सामग्री पनि केही ल्याएको छ तर काम आंशिकमात्र भएका छन्”, गुरुङले भने, “कहिले होला खै उज्यालो मनाङ हुने ?”

मनाङ समयको प्रतिकुलताले गर्दा विद्युत आपूर्तिमा समस्या आइरहने जिल्लामा पर्छ । यहाँ विद्युत, टेलिफोनलगायतका अत्यावश्यकीय सेवाकाे मर्मत सम्भारका लागि चाहिने सामाग्रीकाे ढुवानी हुनसमेत समस्या हुने हुँदा अनुकुलता तथा प्रतिकुलताको ध्यान दिएर काम गर्न सकेमा स्थानीयवासीका साथै पर्यटकलाई सहज हुने उनले बताए ।

त्यस्तै नासों गाउँपालिका–८ स्थित सोदीखोला लघुजलविद्युत् आयोजना बाढीपहिराबाट क्षति पुगेपछि हालसम्म पनि सञ्चालन हुनसकेको छैन । जनप्रतिनिधि तथा बुद्धिजिवीले पटक–पटक दबाब दिँदासमेत यस आयोजनाको काम हुन नसक्नु दुःखद भएको नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए ।

“यस आयोजना भत्किएका भाग निर्माण तथा मर्मत गर्न सके सहज हुन्थ्यो, तर पटक–पटक ताकेता गरे पनि काम गर्न सकिएको छैन”, उनले भने । बाढीले क्षति पुर्याएको लघु जलविद्युतगृह मर्मतमा स्थानीयले श्रमदान गरी केही चल्न थालेका छन् । केही न सामग्री ल्याउन सकेका छन्, न त कामदारले काम गर्न नै सकेका छन् । ग्रामीण क्षेत्र भएकाले पनि सामग्री ढुवानीमै समस्या हुँदासमेत ढिलाइ भएको हुनसक्ने स्थानीयको बुझाइ छ ।

मनाङ पहिलोपटक २०७७ मा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुग्याे । राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पुगेकाे  एक वर्ष नपुग्दै २०७८ जेठ १४ देखि हिमाली जिल्ला मनाङमा बाढीपहिराको विपद्मा पर्यो । राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच सरकारी कार्यालयमा मात्रै जडान भएकामा बाढीपहिराले विच्छेद गरायो । त्यसयता यहाँका मानिस अँध्यारोमा नै बस्न बाध्य छन् ।

सङ्घीयता कायम भएसँगै गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई उज्यालो बनाउने घोषण गरे ।  पूर्वमुख्यमन्त्री गुरुङले घोषणा गरेपछि सुगम मानिने जिल्ला पनि खासै उज्यालो बन्न सकेन । पूर्वमुख्यमन्त्री गुरुङले छिमेकी जिल्लाकै भएकाले मनाङलाई विशेषरूपमा विद्युत प्रवाहका लागि व्यवस्थापन गर्छन् भन्ने मनाङवासीको अपेक्षा भने पूरा हुन सकेन ।

केही सरकारी कार्यालयमा मात्रै जडान गरिएको थियो । तर स्थानीयवासीको घर–घरमा विद्युत् जडान हुनुअगावै बाढीपहिराले क्षति पुगेर आयोजना नै सङ्कटमा पुग्यो । उज्यालो प्रदेश घोषणा गरिएपश्चात केन्द्रीय प्रसारण लाइनको विद्युतबाट घर–घरमा उज्यालो छाउने अपेक्षा गरेका मनाङ्वासी अहिलेसम्म अँध्यारोमा बस्न बाध्य भएका छन् ।

मनाङका कतिपय पर्यटन तथा होटल व्यवसायीले त व्यक्तिगत लगानीमा लघु जलविद्युत आयोजना सञ्चालन गरी आफूलाई आवश्यक विद्युत् आपूर्ति गर्ने गरेका छन् । सरकारले कहिले ल्याइदिन्छ भनेर बस्नुभन्दा सकेको आफैँबाट सुरुआत गर्नुपर्छ भन्ने भावनाले लघु जलविद्युत सञ्चालन गरिएको भुजुङ गुरुङले बताए ।

मनाङ ङिस्याङ गाउँपालिका–८ का वडाध्यक्षसमेत रहेका भुजुङले आफूलाई मात्रै नभई वरपरका स्थानीयवासीलाई समेत विद्युत प्रवाह गर्ने व्यवस्था गरेका छन् । आफूलाई खपत भएको विद्युत्बाहेक बाँकी स्थानीयवासीलाई वितरण गर्दै आएको उनले बताउ । अँध्यारो मनाङलाई तिलिचो तालसम्म उज्यालो बनाउने उद्देश्यले पोल र तार टाङने काम भने भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । तिलिचोसम्म कहिलेसम्म बिजुली पुगेर उज्यालो बन्छ भन्ने यकिन भने छैन ।


Read Previous

दिगो विकासका लक्ष्य अनुसार कार्यक्रम तय गर्न स्थानीय तहलाई परिपत्र

Read Next

नारायणगढ–बुटवल सडक विस्तार : मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

Leave a Reply

Your email address will not be published.