Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

आधुनिक विधिबाट भुवा निकाल्न उपल्लो डोल्पाका च्याङ्ग्रा किसानलाई तालिम


डाेल्पा । कर्णाली प्रदेशकाे उपल्लो डोल्पाका  किसानलाई च्याङ्ग्राबाट आधुनिक विधिबाट भुवा निकाल्ने तालिम दिइएको छ । जिल्लाकाे शे फोक्सुण्डो, छर्का ताम्साङ तथा डोल्पो बुद्द गाउँ पालिकाकाका च्याङ्ग्रा किसानहरूलाई भुवा निकाल्ने २ दिने तालिम दिइएकाे हाे ।

च्याङग्रापालन अत्याधिक हुने यस क्षेत्रमा भुवा कोर्ने तालिम दिएर पस्मिना बनाउने कार्यलाई थप व्यवस्थित गरेर लैजाने उद्देश्यले उनीहरूलाई तालिम दिइएकाे छ। युरोपियन युनियनको सहयोगमा सन्चालन भएको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग एवं नेपाल पश्मिना उद्योग सँघको संयोजनमा  तालिम सञ्चालन गरिएकाे हाे ।

तालिममा सहभागी मध्ये तीनै गाउँ पालिकाबाट दुई दुई जनालाई स्थानीय प्रशिक्षकका रूपमा विकास गरिने इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमका परामर्शदाता तथा मास्टर ट्रेनर सिचन स्रेष्टले बताए। शे फोक्सुण्डो गाउँ पालिकाका अध्यक्ष दावा गुरुङले च्याङ्ग्रा पालन मार्फत पश्मिना भुवा सङ्कलन र यसको बजार विस्तार गरी किसानको आम्दानी बढाउन यस्ता तालिम प्रभाव हुने बताउँदै आफ्नो गाउँ पालिकाले च्याङ्ग्रा भूवाको उत्पादन बढाउन किसानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

तालिमका सहभागी लाइ च्याङ्ग्रा बाट भुवा निकाल्ने आधुनिक विधिबारे व्यवहारिक रुपमा प्रदर्शन गरी सिकाइएको थियो। तालिम पछि तीवटै गाउँ पालिकाकालाइ भुवा निकाल्ने आधुनिक लाइयो वितरण गरिएको थियो। पश्मिना उद्योग सँघका प्रतिनिधि कुमार खड्काले किसानले उत्पादन गरेको गुणस्तरीय भुवा खरिद गर्न व्यवसायीहरू तयार रहेको बताए।

भुवा सङ्कलनको आधुनिक विधिबारे सरोकारवालासँग बृहत् छलफलसमेत गरिएको छ । तीन पालिकाका च्याङ्ग्रापालक किसानलाई भुवा सङ्कलनसम्बन्धी तालिम दिई प्रत्येक पालिकाबाट दुई जनालाई उत्कृष्ट प्रशिक्षक बनाइने आयोजकले जनाएकाे छ ।

तालिममा ३ वटा पालिकाबाट ६० जना सहभागी छन् । भुवालाई आधुनिक बिधिबाट निकालेर पस्मिना कोर्ने, प्रशोधन गर्ने, आपूर्ति तथा गुणस्तर अभिवृद्धि गर्ने विषयमा छलफल तथा तालिम दिइएको छ ।

उपल्लो डोल्पाका छार्काताङ्सोङ, डोल्पोबुद्ध र शे फोक्सुन्डो गाउँपालिकाका जनप्रतिनिधि, व्यापारी, उद्योगी, व्यापारी, पस्मिना उद्योगी, च्याङ्ग्रापालक किसानहरुको सहभागितामा पहिलो चरणमा दुनैमा छलफल गरी दोस्रो चरणमा तालिम गरिएको हो । किसानहरुलाई गोठमै गएर उक्त भुवा कोर्ने तालिम दिन सुरु गरिनेछ ।

पस्मिना बनाउने व्यवसायीले च्याङ्ग्राबाट निकालिएको भुवालाई आफूहरुले बजारीकरण गर्न सहयोग गर्ने बताएका छन् । गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा च्याङ्ग्रापालन व्यवसायलाई अझै विकास तथा गुणस्तर सुधारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेको डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष कार्मा छोइबेल गुरुङले बताए ।

आधुनिक तरिकाले भुवा सङ्कलन गर्न आवश्यक सामग्रीहरु हस्तान्तरणसमेत गरिने युरोपियन युनियन नेपाल व्यापार तथा लगानी कार्यक्रममा परामर्शदाता शिचन श्रेष्ठले बताए । च्याङ्ग्रा उपल्लो डोल्पाको सबैभन्दा राम्रो पशुपालनमध्येमा पर्दछ । आवश्यक खाद्यान्न ढुवानी, मासु तथा भुवाका लागि च्याङ्ग्रा प्रसिद्ध रहँदै आएको छ । पस्मिनाबाट सल, महिला तथा पुरुषका लागि स्वेटर, कम्बल, टी–सर्ट, स्कार्फ, पञ्जालगायत उत्पादन हुन्छ ।

नेपालले सन् २०२१ मा दुई अर्ब ५३ करोड रुपैयाँ (करिब एक करोड ९३ लाख अमेरिकी डलर बराबर) को पस्मिना सल निर्यात गरेको थियो । यो रणनीतिले सन् २०२६ को अन्त्यसम्ममा सात करोड ५० लाख अमेरिकी डलर मूल्य बराबरको पस्मिना निर्यातको लक्ष्यसहित नेपालबाट यसको निर्यातमा दिगो वृद्धिमार्फत थप राष्ट्रिय समृद्धि हासिल गर्न सहयोग पुर्याउनेछ ।


Read Previous

नारायणगढ-बुटवल सडक निर्माणको गति लक्ष्यभन्दा न्यून

Read Next

बेतौना-विराटनगर सडककाे काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन   

Leave a Reply

Your email address will not be published.