Nepal Purbadhar

ढुंगाले लागेर अरुण तेस्रोकाे सुरुङमा काम गर्ने कामदारकाे मृत्यु


किमाथाङ्का । भारतीय लगानीमा सङ्खुवासभामा निमार्णाधीन ९ सय मेगावाटकाे जलविद्युत आयोजनाकाे सुरुङमा कार्यरत एक जनाकाे दुर्घटनामा परी मृत्यु भएकाे छ । जिल्लाकाे गाउँपालिका–५ आमाराङस्थित आयोजनाकाे अडिट–२ सुरुङमा कार्यरत कामदारकाे ढुंगा खसेर लाग्दा मृत्यु भएकाे हाे ।

मृत्यु हुनेमा सिलिचोङ गाउँपालिका–५ का २७ वर्षीया प्रेम राई रहेकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालका अनुसार गए राति मकालु–५ आमाराङमा सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर घाइते भएका राईको उपचारका क्रममा आज बिहान सङ्खुवासभा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

सुरुङभित्र काम गर्ने क्रममा अन्य २ जना कामदार घाइते भएका छन् । घाइते हुनेमा भारतको गुवाहाटीका २३ वर्षीय सममती वलिता र २३ वर्षीया साइमुदिन अली रहेका छन् ।

घाइते वलिताको दाहिने खुट्टा र घुँडामा चोट लागेको छ भने अलीको खुट्टा र हातमा चोट लागेको छ । दुवैजनाको जिल्ला अस्पतालमा उपचार गरिएको छ । अरुण तेस्रो आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।


Read Previous

महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन

Read Next

३ पटक म्याद थप्दा पनि पूरा भएन १.८ किलाेमिटर सडक