Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

बल्खु-कलंकी सडकको सर्भिस लेन किन भत्काइयो ?


काठमाडाैं । पछिल्लो समय बल्खु-कलंकी सडकको सर्भिस लेन भत्काइएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ । भर्खरै बनेको सडकको सर्भिस लेन किन भत्काइएको भन्दै प्रश्नहरू पनि उठिरहेका छन् ।

तर, डिभिजन सडक कार्यालयले भने सडकको स्तरोन्नतिका लागि उक्त सर्भिस लेन भत्काइएको जनाएको छ । कलंकी बल्खु सडक खण्डको सर्भिस लेनको १ किलोमिटर सडकखण्डमा कालोपत्रेमुनिको बेस फेलियर भइ कालोपत्रे सतह बिग्रिएको पाइएको छ ।

डिभिजनका अनुसार त्यसमा एसफाल्ट ओभर मात्र गर्दा प्रभावकारी नहुने देखिएको हो । सडक विभागबाट नियुक्त परामर्शदाताले गरेको अध्ययन अनुसन्धानले पनि बिग्रिएको उक्त १ किलोमिटर सडकखण्डमा रिहाबिलिटेसन गर्नुपर्ने सिफारिस भएको डिभिजनले जानकारी दिएको छ ।

सोहीअनुसार परामर्शदाताले पेश गरेको डिजाइनअनुसार १५ सेन्टिमिटर बेस कोर्स र ६ सेन्टिमिटर आसफाल्ट कंक्रिट गर्ने गरी रिहाबिलिटेसन गर्ने सिलसिलामा उक्त कार्य भइरहेको डिभिजनले जानकारी दिएको छ ।


Read Previous

राष्ट्रिय जनगणना २०७८ नतिजा सार्वजनिकः परम्परागत ऊर्जामा आश्रित भए पनि बिजुली विस्तारमा फड्को

Read Next

सुपर मादी आयोजनाको विद्युत प्रसारण प्रणालीमा थप

Leave a Reply

Your email address will not be published.