Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

सुपर मादी आयोजनाको विद्युत प्रसारण प्रणालीमा थप


काठमाडौं । कास्कीको मादीमा निर्माण सम्पन्न ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सुपर मादी हाइड्रोपावर कम्पनीले मादी गाउँपालिकामा निर्माण गरेको आयोजना शनिबार (चैत ११ गते) बाट सञ्चालनमा आएको हो ।

केही दिन अघिबाट आयोजना सञ्चालन भइरहेपनि शनिबारबाट औपचारिकरूपमा परीक्षण उत्पादन सुरु भएको कम्पनीका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए । उनका अनुसार आयोजनाले सुख्खा याममा अहिले  १५ मेगावाट उत्पादन गरिरहेको छ ।

नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली पुगेर निरीक्षण गरेपछि आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोडिएको हो । आयोजनाले उत्पादन गरेको विद्युत विद्युतगृहदेखि १९ किलोमिटर टाढा रहेको १३२ केभी लेखनाथ सबस्टेसनमा जोडिएको छ ।

उनले अबको २ सातासम्म परीक्षण उत्पादन गरेको विद्युत प्राधिकरणलाई निशुल्क दिएपछि व्यापारिक उत्पादन सुरु गरिने जानकारी दिए । २०७५ साल मंसिरदेखि आयोजनाको संरचना निर्माणको काम सुरु गरिएको थियो ।

आयोजनाबाट २०७८ जेठदेखि विद्युत उत्पादन सुरु गर्ने प्राधिकरणले दिएकाे पहिलाे तालिका थियो । यो तालिकामा आयोजना निर्माण सम्पन्न हुन नसकेपछि चैतमा सारियो । तर, २०७८ असार १ गते मादी नदीमा आएको भीषण बाढीले सम्पन्न हुन लागेको आयोजनाको संरचनामा ठूलो क्षति पुर्याउँदा विद्युत उत्पादन तालिका फेरि सरेको थियो ।

बाढीले १ अर्बभन्दा रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी पुर्याएको थियो । बाढी पहिरोका कारण आयोजनाको संरचनामा क्षति पुग्नुको साथै निर्माण उपकरण तथा सामाग्री बगाएको थियो । यसका अतिरिक्त कोभिड–१९ महामारीको प्रभावका कारण पनि आयोजनाको निर्माण प्रभावित हुन पुगेको थियो ।

‘सुपर मादी सुरुको तालिका अनुसार नै प्रसारण प्रणालीमा जोड्ने गरी काम अगाडि बढाएका थियौं,’ उनले भने, ‘तर, कोभिड–१९ महामारी, बाढी, पहिरोको समस्याले काममा ढिलाइ हुँदा पनि अहिले आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । हाम्रो आयोजानाले सुख्खा यामको विद्युत माग व्यवस्थापनमा योगदान पुग्नुका साथै विद्युत आयात प्रतिस्थापन गर्नेछ भन्ने विश्वास लिएका छौं ।’

उनले सुरुवातमा ७ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा निर्माण लम्बिँदा लागत ८ अर्ब ७० करोड रुपैयाँ पुगेको पनि बताए । आयोजनाले वार्षिक २४२।६५ गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ । कम्पनीले विद्युत प्राधिकरणलाई आयोजनाले उत्पादन गर्ने विद्युत बिक्रीबाट वार्षिक १ अर्ब ३० करोड रुपैयाँ आम्दानी गर्नेछ ।


Read Previous

बल्खु-कलंकी सडकको सर्भिस लेन किन भत्काइयो ?

Read Next

लयमा फर्किँदै बन्दीपुरको होटल व्यवसाय   

Leave a Reply

Your email address will not be published.