Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

एक्यापद्वारा साउनदेखि ९९५ जनाकाे निःशुल्क स्वास्थ्य सेवा


मनाङ । यहाँ आउने पर्यटक तथा स्थानीयवासीको सहजताका लागि अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) निःशुल्क सेवा प्रवाह गर्दै आएको छ ।

अन्नपूर्ण पदमार्गमार्फत यात्रा आउने पर्यटक तथा स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्दै आएको अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । लेक लाग्ने, अन्य विभिन्न रोगसम्बन्धी आयोजनाले निःशुल्क सेवा प्रवाह गर्दै आएको हो ।

विशेषगरी मनाङ भ्रमणमा आउने पर्यटकमा लेक लाग्ने समस्या बढी हुने भएकाले स्थापना कालदेखि नै एक्यापले निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्दै आएको एक्यापका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी अर्यालले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्ष आन्तरिक तथा बाह्य गरी कूल ९ सय ९५ ले स्वास्थ्य सेवा लिएका छन् ।

चालु आवको साउनदेखि पुससम्मको अवधिमा एक्यापबाट स्वदेशी पुरुष चार सय ९१ र महिला चार सय ३८ कूल नौ सय २९ र विदेशी पुरुष ४२ र महिला २४ गरी कूल ६६ पर्यटकले निःशुल्क सेवा लिएको उनले बताए । विशेषगरी थोराङ्ला भञ्ज्याङ, तिलिचो ताल, आइसलेक जाने मनाङ आउने पर्यटकले स्वास्थ्य सेवा लिने गरेको उनले बताए ।

‘मनाङको पर्यटकीय क्षेत्र अन्नपूर्ण पदमार्गको यात्राका लागि सिधैँ माथिल्लो मनाङ सवारीसाधनमार्फत पुग्दा पर्यटकलाई समस्या हुने गरेको पाइएको छ, लेक लाग्ने, झाडापखाला, वान्ता हुने समस्याबाट बिरामी भएर निःशुल्क सेवा लिन आउने गर्दछन्’, उनले भने, ‘विदेशी पर्यटकले केही मात्रामा सावधानी अपनाउने गरेको पाइएको छ ।’

बिरामी परेर एक्यापमा आइपुगेका पर्यटक तथा स्थानीयलाई सेवा प्रवाह गरिएको उनले बताए । पर्यटकमा बढी मात्रामा लेक लाग्ने समस्या भएको हुन्छ भने स्थानीयमा अन्य समस्या लिएर स्वास्थ्य सेवा लिने गरेका उनकाे भनाइ छ । ‘मनाङ यात्राको क्रममा बिरामी परेर आएका पर्यटकलाई औषधि सहित परामर्श दिने गरेका छौं’, उनले भने । बिरामीलाई सेवा प्रवाह गरिए पनि परामर्श केन्द्र स्थापना गरेर भने सेवा प्रवाह गर्न नसकिएको उनले बताए । लेक लाग्दा हुने झाडापखाला, वान्ता हुने समस्या लिएर आउने पर्यटकलाई सेवा प्रवाह गरिएको छ ।

स्थानीय महिला बढी मात्रामा जोर्नी दुख्ने, श्वासप्रश्वासको समस्या, उच्च रक्तचाप सम्बन्धित रोगको उपचारका लागि औषधि तथा परामर्श लिन आउने गरेका स्वास्थ्य शाखा प्रमुख अर्यालले बताए । उनका अनुसार यससँगै महिला पाठेघरसम्बन्धी समस्या लिएर आउने गरेका छन् ।

पदयात्राका लागि मनाङ पर्यटक आउने समय भएको छ । यसवर्ष हिमपात कम भएकाले पर्यटक अफ सिजनमा पनि आइरहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । ‘दैनिक रुपमा पर्यटक आउन थालिए सकेका छन्, दैनिक करिब ५० पर्यटक मनाङ भित्रिरहेका छन्’ उनले भने ।

पहिलो पटक पदयात्रामा आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले लोकेशन म्याप (स्थानको नक्सा) निर्माण गरिएको उनले बताए । ‘हिमपात भइरहने हो मनाङ, गन्तव्यमा पुग्ने स्थानसम्मको यात्रामा नझुक्कियोस् भनेर साइनिङ पोल, म्याप पोष्टिङ, आवश्यक सङ्केत चिह्न र पुग्नुपर्ने गन्तव्यको नक्सा निर्माण गरिएका छन्’ उनले भने । रासस


Read Previous

वन्यजन्तुकाे सहजताका लागि पर्सा निकुञ्जभित्र पोखरी निर्माण

Read Next

एमसीसी अनुदानकाे प्रसारण लाइन निर्माण गर्न जग्गा प्राप्तिको प्रक्रिया सुरु

Leave a Reply

Your email address will not be published.