Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

एचआईडीसिएलले अघि बढाएका दुई जलविद्युत आयोजनाको नेतृत्व प्राधिकरण र उत्पादन कम्पनीले गर्ने


काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले निर्माण अघि बढाएका दुई जलविद्युत आयोजना अब नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनी लिमीटेडको नेतृत्वमा कार्यान्वयन गर्न समझदारी भएको छ ।

एचआईडीसीएलले अघि बढाएका ७७.५ मेगावाटको घुन्साखोला रेमिट हाइड्रो र ७०.३४ मेगावाटको सिम्बुवा रेमिट हाइड्रो प्राधिकरण र उत्पादन कम्पनीको नेतृत्वमा बनाउने समझदारी भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको उपस्थितिमा बुधबार भएको समझदारीमा एचआइडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम तथा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र विद्युत उत्पादन कम्पनीका प्रबन्ध सञ्चालक सूर्यप्रसाद रिजालले हस्ताक्षर गरे ।

अब सिम्बुवा खोला जलविद्युत आयोजना प्रवद्र्धक कम्पनीको संस्थापक सेयर ५१ प्रतिशतमध्ये सबैभन्दा बढी प्राधिकरणले २१ प्रतिशत तथा एचआईडीसीएल र उत्पादन कम्पनीले १५/१५ प्रतिशत हुनेछ । यसैगरी घुन्साखोला जलविद्युत आयोजनामा प्रवद्र्धक कम्पनीको संस्थापक सेयर ५१ प्रतिशतमध्ये उत्पादन कम्पनीको सबैभन्दा बढी २१ प्रतिशत तथा एचआईडीसीएल र प्राधिकरणको १५/१५ प्रतिशत सेयर रहने एचआईडीसीएल प्रमुख कार्यकारी अधिकृत गौतमले जानकारी दिए । ‘अब दुवै आयोजनाको निर्माणको नेतृत्व प्राधिकरण र उत्पादन कम्पनीले गर्ने छ भने यसको ऋण व्यवस्थापनको नेतृत्व एचआईडीसीएलले गर्नेछ ।’ उनले भने ।

उनका अनुसार, दुवै कम्पनीको प्रबन्धपत्र र नियमावली आगामी १५ दिनभित्र साधारणसभामार्फत संशोधन गरिनेछ भने दुवै कम्पनीमा ३ वटै निकायबाट १/१ सञ्चालक सदस्य रहनेछन् । एचआइडीसीएलले दुवै आयोजनाहरुमा हालसम्म गरेको लगानीलाई ९६ करोड रुपैयाँ मानिने पनि तीनै निकायबीच समझदारी भएको छ ।

जलविद्युत क्षेत्रको समग्र विकास तथा प्रवद्र्धनका लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय निकायहरुबाट वित्तिय स्रोत परिचालन गरी जलविद्युत उत्पादन, प्रसारण तथा वितरण आयोजनाहरुमा स्वपुँजी र कर्जा लगानी गर्ने उद्देश्य रहेको कम्पनीको स्थापना भएको थियो तर उद्देश्य विपरित २०७१ सालमा घुन्साखोला र र २०७६ सालमा सिम्बुवा रेमिट हाईड्रो निर्माण कार्य अघि बढाएको थियो । विज्ञता नभएको क्षेत्रमा कम्पनीले हात हाल्दा दुवै परियोजनाको निर्माणमा ढिलाई भईरहेको छ ।

दुवै परियोजनामा तीन निकायले लगानी गरेर बाँकी रहेको ४९ प्रतिशतमध्ये २९ प्रतिशत वैदेशिक रोजगारीमा रहेको नेपालीहरुबाट प्राप्त रेमिट्यान्सको रकम तथा बाँकी १०/१० प्रतिशत स्थानीय र सर्वसाधारण जनतालाई वितरण गर्ने लक्ष्य कम्पनीको छ ।

नेपाल राष्ट्र बैकले एचआईडीसिएललाई ऋण लगानी गर्ने निकायको रुपमा तोकेको छ । राष्ट्र बैकको नियमन अनुसार आफै जलविद्युत परियोजना निर्माण गर्न नमिल्ने कारण पनि साझेदारहरु खोजेर कार्यान्वयनका लागि एचआईडीसीएलमाथि पछिल्लो समयमा दवाब बढेको थियो ।


Read Previous

जलविद्युत आयोजनामा स्थानीय आक्रमण रोकिएन, प्रवर्द्धक भन्छन् ‘ज्यान जोखिममा राखेर कसरी लगानी गर्ने सरकार ?’

Read Next

पाहुना पर्खदै बेनीका होटल

Leave a Reply

Your email address will not be published.