Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

बनेपामा एक घर एक धारा अभियान


काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ मा जनतालाई स्वच्छ पानी उपलब्ध गराउने उद्देश्यले एक घर एक धारा अभियानलाई तीव्र बनाइएको छ ।

अभियान सञ्चालनका लागि हाल धारा जडान, ट्याङ्की निर्माण, डिपबोरिङलगायत काम भइरहेको वडाध्यक्ष शिवकुमार थापाले जानकारी दिए । सिनागालस्थित अपाङ्ग बाल अस्पताल पुनः स्थापना केन्द्रसहित करिब एकसय घरमा स्वच्छ खानेपानी पुर्याउन अभियान थालिएको उनकाे भनाइ छ ।

वडाध्यक्ष थापाका अनुसार धनेश्वरमा खानेपानी ट्याङ्की निर्माण भइसकेको छ । ‘गिरी र बञ्जरा टोलका लागि भने ट्याङ्की निर्माण भई पाइपलाइनको काम बाँकी छ । खानेपानी वितरणका लागि बजेट विनियोजन गरी पूर्वाधार निर्माण भइरहेका छन्’, उनले भने ।

आगामी चार वर्षमा सबै घरमा स्वच्छ खानेपानी पु्याउने योजनसहित वडा कार्यालयले स्वच्छ खानेपानी अभियानलाई तीव्रता दिएको छ । पानीघाटस्थित डिपबोरिङ सञ्चालनका लागि विद्युत् प्राधिकरणसँग समन्वय गरी दुई महिनाभित्र उक्त क्षेत्रमा विद्युत् सञ्चालन गरिने वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।

पानीघाट उपाभोक्ता समितिका अध्यक्ष गौतमप्रसाद गौतमले एकसय ५० घरधुरीलाई खानेपानी उपलब्ध गराउने योजना अन्तिम चरणमा पुगेको जानकारी दिए । केहीदिन अघिदेखि कतिपय घरका धारामा पानी झरिसकेको उनकाे भनाइ छ ।

योजनाअन्तर्गत ९० प्रतिशत काम सम्पन्न भएको छ भने डिपबोरिङका लागि विद्युत् उपलब्ध नहुँदा काम रोकिएको छ । विद्युत् आपूर्तिपछि बाँकी कामलाई निरन्तरता दिइने बताइएको छ । अध्यक्ष गौतमका अनुसार डिपबोरिङका लागि बागमती प्रदेश सरकारबाट रु ६० लाख, बनेपा नगरपालिकाबाट रु १५ लाख र जिल्ला समन्वय समितिबाट रु १५ लाख विनियोजन भएको थियो ।

यसअघि उपभोक्ता समितिका सदस्यलाई मात्रै खानेपानी उपलब्ध गराउने विधान संशोधन गरी सबै घरमा धारा जडान गरिएपछि नयाँ र पुराना ग्राहकबीचको विभेदको अन्त्य भएको थियो । उपभोक्ताको निरन्तर खबरदारी, सहयोग तथा चासोका कारण ठेकेदार कम्पनीले कामलाई तीव्रता दिएको उपभोक्ता समितिका उपाध्यक्ष रामकृष्ण हुमागाईंले जानकारी दिए ।


Read Previous

प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा परेको छ : मन्त्री शर्मा

Read Next

सार्वजनिक बिदाका दिन अत्यावश्यक सरकारी कार्यालय खुल्ने, कर्मचारीलाई सट्टा बिदा

Leave a Reply

Your email address will not be published.