Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

मायाखोलाको एउटा युनिट प्रसारण प्रणालीमा जोडियो,अर्को ४ दिनमा जोडिँदै


काठमाडौं । संखुवासभास्थित १४.९ मेगावाटको मायाखोला जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । मायाखोला हाइड्रोपावर कम्पनीले निर्माण गरेको आयोजनाको एउटा युनिटको विद्युत गत फागुन ४ गतेदेखि नै २२० केभी कोशी कोरिडोर प्रसारण लाइनको बानेश्वर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

अहिले एउटा युनिटको ७.७५ मेगावाट विद्युत प्रसारण प्रणालीमा जोडिएको आयोजनाका संयोजक भरत थापाले बताए । उनका अनुसार अब अर्को युनिटको विद्युत पनि ३ देखि ४ दिनभित्रमा प्रसारण प्रणालीमा जोडिँदैछ । प्रणालीमा जोडिएको युनिटबाट ३ मेगावाट विद्युत उत्पादन भइरहेको पनि उनले जानकारी दिए ।

‘हामीले एकै पटक दुई वटै युनिटबाट विद्युत उत्पादन गर्ने तयारी गरिरहेका थियौं,’ उनले भने,‘तर, एउटा युनिटको एक्साइटरमा सानो समस्या आएकाले दुवै युनिट एक साथ प्रणालीमा जोड्न सकिएन । अहिले समस्या आएको एक्साइटरको मर्मतको काम भइरहेको छ ।’

आयोजनाबाट परीक्षण उत्पादन सुरु गर्ने क्रममा एउटा युनिटको एक्साइटरमा सानो समस्या देखिएको थियो । आयोजनाबाट यो भन्दा पहिले नै विद्युत उत्पादन सुरु गर्ने योजना रहेकोमा इलेक्ट्रोमेकानिकल उपकरणको उत्पादक तथा ढुवानीकर्ता युरोपियन कम्पनीका प्राविधिक अंग्रेजी नयाँ वर्ष र क्रिशमसको छुट्टीका कारण नेपाल आउन समय लागेका कारण केही ढिला हुन पुगेको हो ।

आयोजनाको प्रवर्द्धक कम्पनीले विद्युत जोड्न बानेश्वर सबस्टेसनसम्म आवश्यक ३ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनको संरचना आफैँ निर्माण गरेको छ । यो आयोजना निर्माण गर्न सुरुवातमा २ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । आयोजना निर्माणका क्रममा सुरुङमा देखिएको समस्या, कोरोना महामारीलगायत विविध कारणाले निर्माणमा भएको ढिलाइ तथा ऋणको ब्याजको भार थपिँदा लागत बढेर करिब ३ अर्ब रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ ।

मायाखोला नदीको प्रवाहमा आधारित (आरओआर) जलविद्युत आयोजना हो । यो आयोजनाको डिजाइन डिस्चार्ज ४.३० क्युसेक छ । ग्रस हेड ४३७.३० मिटर छ । विद्युतगृहमा ७.७५ मेगावाटका २ वटा उत्पादन युनिट छन् । आयोजनाले वार्षिक ८ करोड १५ लाख ६५ हजार ६ सय ५४ किलोवाट विद्युत उत्पादन गर्नेछ ।

मायाखोला ‘सुपर सिक्स’ (सरकारले प्रतिस्पर्धामार्फत निजी क्षेत्रलाई निर्माण गर्न दिएका ६ जलविद्युत आयोजना) मध्येको एउटा आयोजना हो । सुपरसिक्स अन्तर्गतका २५ मेगावाटको सिंगटी र २३.५ मेगावाटको सोलु खोला आयोजना निर्माण सम्पन्न भई सञ्चानमा आइसकेका छन् । यी दुई आयोजना पनि प्रसारण लाइनको समस्या झेल्दै प्रसारण प्रणालीमा जोडिएका हुन् । ८२ मेगावाटको तल्लो सोलु र २४.१ मेगावाटको खारेखोला निर्माणाधीन छन् । ५० मेगावाटको मेवाखोला निर्माणमा जाँदैछ ।


Read Previous

गौतमको अध्यक्षमा उपत्यका निर्माण व्यवसायी संघमा टिमको घोषणा

Read Next

मदन भण्डारी राजमार्ग : चार पुलको निर्माण सम्पन्न

Leave a Reply

Your email address will not be published.