Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने

न्यू बुटवल-बर्दघाट प्रसारण लाइनको ‘राइट अफ वे’ काे क्षतिपूर्ति यकिन गर्न आउन आग्रह


काठमाडौं । जिल्ला प्रशासन कार्यालय परासीले २२० केभी न्यू बुटवल–बर्दघाट प्रसारण लाइनको रुटको क्षेत्राधिकार (राइट अफ वे) भित्र पर्ने जग्गाको क्षतिपूर्ति यकिन गर्न  सम्बन्धित जग्गाधनीलाई बोलाएको छ । प्रशासन कार्यालयले शुक्रबार सूचना प्रकाशित गरी ७ दिनभित्र प्रसारण लाइनको रुटको जग्गाको क्षतिपूर्ति यकिन गर्न आउन जग्गाधनीलाई आग्रह गरेको हो ।

सुनवल नगरपालिकाको वडा नम्बर–१३ (साबिक रामनगर–२ घ र रामनगर–१ क) मा अवस्थित सबस्टेसनदेखि उत्तरतर्फ पर्ने प्रसारण लाइनको टावरको मध्य रेखाबाट दायाँ–बायाँ १५/१५ मिटर राइट अफ वे भित्र पर्ने जग्गाको यकिन गर्न सम्बन्धित जग्गा धनीले जिल्ला प्रशासन वा प्रसारण लाइन आयोजनाको कार्यालयमा आवेदन दिनुपर्ने सूचनामा भनिएको छ ।

जग्गाको क्षतिपूर्ति दावी गर्न आउने सम्बन्धित जग्गा धनीले आफ्नो कहदैया, जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय निकायको रिफारिस सहित ७ दिनभित्र आवेदन दिनु पर्ने पनि सूचनामा उल्लेख छ ।

सूचना प्रकाशित भइसकेपछि प्रसारण लाइनको रुट पर्ने ३० मिटर क्षेत्राधिकारभित्र अग्ला भौतिक संरचना निर्माण नगर्न तथा रुख विरुवा रोप्न पनि नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले तराई क्षेत्रको प्रसारण प्रणाली सुधार गर्न २० किलोमिटर लामो यो प्रसारण लाइन निर्माण गरिरहेको छ ।


Read Previous

कञ्चनपुर औद्योगिक ‘हब’का रूपमा विकास हुन्छ : उद्योगमन्त्री भण्डारी

Read Next

सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रूपमा विकास गर्दैछौँ : प्रधानमन्त्री

Leave a Reply

Your email address will not be published.