Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

खानेपानीको समस्या समाधान गर्न दीर्घकालीन योजना आवश्यक


देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी दिनमा हुन सक्ने समस्यालाई बुझेर दाङ जिल्लामा खानेपानीको दीर्घकालीन योजना निर्माणका लागि प्रदेश र संघीय सरकारमार्फत पहल गर्ने बताएकी छन्।

उनले जिल्लाको खानेपानी समस्यालाई दीर्घकालीन रुपमा नै समाधान गर्नेगरी आफू गम्भीर रहेको पनि स्पष्ट गरे। घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आज यहाँ आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले बढ्दो जनसङ्ख्याअनुसार खानेपानीको सहज उपलब्धताका लागि राज्यका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकामा आफ्नो सशक्त पहल रहने प्रतिबद्धता जनाइन्।

स्थानीय सरकारले साना, प्रदेश सरकारले मझौला तथा संघ सरकारले ठूला आयोजनाका काममा प्राथमिकता दिएको भन्दै वर्तमान सरकार जनताका माग र आवश्यकताको प्राथमिकीकरण गरेर अघि बढ्ने पनि मन्त्री शर्माले बताइन्।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य राजु खनाल र प्रचण्डविक्रम न्यौपानेले दाङलाई मरुभूमि हुनबाट रोक्न र खानेपानीको सहज आपूर्ति बढाउन तीन तहका सरकारसँग आग्रह गरिन्। उनीहरूले जिल्लामा बढ्दो जनसङ्ख्या र बसाइँसराइका कारण सहरीकरण विस्तारित भएको र खानेपानीको समस्या पनि बढ्दै गएको बताए।

घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले यस क्षेत्रको खानेपानीको समस्या समाधानका लागि पछिल्लो समय बबई लिफ्टिङ खानेपानी परियोजनाको पूर्वाधार विकास अघि बढाएको छ। सो परियोजना विसं २०८१ सम्ममा सम्पन्न हुने बताइएको छ। पचास करोडको लागतमा निर्माण सुरु भएको बबई लिफ्टिङ परियोजना लागू भएमा आगामी ४० वर्षसम्म घोराहीमा खानेपानीको समस्या समाधान हुने विश्वास गरिएको छ।

हाल संस्थाले १४ वटा डिप बोरिङबाट पानी बाँड्दै आएको छ भने कटुवा खोलाबाट स्रोतको पानी वितरण गर्दै आएको छ।


Read Previous

सर्वेक्षणमा सहभागीमध्ये ८४.६ प्रतिशत उपभोक्ताको मूल्य वृद्धि हुने अपेक्षा : राष्ट्र बैंक

Read Next

व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभुति दिन महासंघको माग

Leave a Reply

Your email address will not be published.