Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

विकास निर्माणमा सबै दलको सहकार्य जरुरी : मन्त्री शर्मा


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विकास निर्माणमा सबै दलसँग सहकार्य आवश्यक भएको बताएकी छन्। नारायणपुर उद्योग वाणिज्य संघ दाङले गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले विकास निर्माण कुनै दल विशेषको नहुने भन्दै त्यसका लागि स्थानीय तहसँगको सहकार्य आवश्यक रहेको बताइन्।

गृह जिल्ला दाङ आएकी मन्त्री शर्माको स्वागत तथा सम्मानका लागि आज बिहान कार्यक्रम आयोजना गरिएको थियो। विकास निर्माणको नेतृत्व आफूले गर्ने भन्दै त्यसका लागि आम जनतालाई सहयोग गर्न आग्रह गरिन्।

लामो समयदेखि घोराही–तुलसीपुर निमार्णाधिन चारलेन सडक अलपत्र रहेको भन्दै त्यसलाई अगाडि बढाउन अर्थमन्त्रीसँग छलफल भएको जानकारी दिए। आठ पटकसम्म ठेकेदार परिवर्तन हुँदा पनि सडक निर्माणले गति नलिएको भन्दै उनले सरकारले बजेट सुनिश्चित गरी ठेक्का सम्झौता तोड्ने तयारी गरेको उल्लेख गरे।

सञ्चार मन्त्रालय देशको राष्ट्रियतासँग जोडिने मन्त्रालय भएपनि आफ्नो मन्त्रालयलाई नागरिकसँग कसरी जोड्न सकिन्छ भनेर ध्यान दिएको उनको भनाइ छ।


Read Previous

बाइभ्यालेन्ट खोपको पहिलो खेप काठमाडौं आइपुग्यो

Read Next

चालू आर्थिक वर्षको ६ महिनामा १८१ मेगावाट विद्युत प्रसारण प्रणालीमा थप

Leave a Reply

Your email address will not be published.