Nepal Purbadhar

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखमा ४५ रोपनी जग्गा अधिग्रहण गरिने


काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले पेट्रोलियम अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका– १ जलजलेमा जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय भएको जानकारी दिइन्।

त्यस्तै, उनले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको बाध्यता अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेको बताइन् । सरकारले खर्च कटौती गरेर मूल्यवृद्धि कम गर्ने उनको भनाइ छ।


Read Previous

भौतिक पूर्वाधार मन्त्रालयको आगामी ५ वर्षका १२ प्राथमिकता

Read Next

४ वर्षभित्र पश्मिनाको निर्यात ९ अर्ब पुर्याउने लक्ष्यसहितको राष्ट्रिय रणनीति सार्वजनिक (पूर्ण पाठसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *