Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

काठमाडौंका ६५ प्रतिशत खाल्डाखुल्डी मर्मत भएकाे दाबी, उपत्यकाकाे सडक सुधार र समन्वय गर्न ८ सदस्यीय संयन्त्र गठन


काठमाडौं । पछिल्लो दुई सातामा काठमाडौँका सडकमा रहेको खाल्डाखुल्डी ६५ प्रतिशत मर्मत भएको भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दाबी गरेकाे छ । शुक्रबार मन्त्रालयमा सडकसँग सम्बन्धित आठ निकायहरुको संयुक्त बैठकमा साे जानकारी दिइएकाे हाे ।

यसअघि उपप्रधानमन्त्री एवम भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडकमा संरचना रहेका निकायका प्रतिनिधिसहित बैठक गरेर दुई सातामा खाल्डाखुल्डी हटाउन लाग्न निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठसँगै सम्बन्धित निकायका प्रतिनिधिहरुले उपत्यकाका विभिन्न सडकको स्थलगत अवलोकन समेत गरे ।

बैठक काठमाडौ महानगर पालिकाको मेअर बालेन शाह,ललितपुर महानगरपालिकाकी मन्जली शाक्य बर्जर्चायलगाएत नेपाल टेलिकम,मेलम्ची खानेपानी आयोजना,नेपाल बिधुत प्राधिकरण र काठमाडौ उपत्यका खानेपनी लिमिटेडका प्रमुखहरु समेतको सहभागिता रहेको थियो।

बैठकमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौँ उपत्यकामा रहेका विभिन्न निकायले आआफ्नो काम गरिरहेको भएपनि एकीकृत स्वरुपमा समन्वयत्मक ढङ्गले काम गर्न आवश्यक रहेको औँल्याए । विकास निर्माणका काम गुणस्तरिय रुपमा सम्पन्न गर्नपर्ने उनको भनाइ छ । कुनै पनि ठाउँमा समस्या देखिँदा सम्बन्धित निकायले नागरिकप्रतिको आआफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्दछ उनले भने, ‘एकले अर्काेले दोष दिएरभन्दा जनताले राम्रो सेवा पाउन भनी काम गर्न छलफल शुरु गरिएको छ ।’

एउटै ठाउँमा काम गर्ने निकायहरुले एकअर्कालाई सहयोग गर्नुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठको जोड छ । उनले मन्त्रलयलका तर्फबाट गर्नुपर्ने समन्वय वा कुनै पनि किसिमको सहयोग महानगरपालिका वा अरु निकायलाई आवश्यक पर्दा गर्न पनि निर्देशन दिए । सबै निकायले आआफ्नो जिम्मेवारी इमान्दारीतापूर्वक पालना गर्नु पर्नेमा जाेड दिए ।

प्राधिकरणले बत्ती बालेर जनता खुसी भएपनि उसका संरचनाका कारण सडकमा समस्या आएको भनी गुनासो आइरहेको उनले बताए । प्राधिकरणले उच्चस्तरको बैठक गरेर समस्या समाधान गर्न लाग्नुपर्नेछ । सडकमा रहेका संरचनाले सडकमा पुगेको अवरोधका बिषयमा आयोजना कार्यान्वयन निर्देशनालय र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग कुराकानी भइरहेको  जानकारी दिए ।

सडकमा रहेका खाल्डाखुल्डी हटाउन र समन्वयमा रहेको समस्या हटाउने उद्देश्यले अहिले दुई सातामा एक पटक बैठक बस्ने गरिएकामा आगामी दिनमा आबश्यकता अनुसार एक दुई महिनामा बस्न सक्ने बताए ।

काठमाडौँ उपत्यकाका सडकमा संरचना रहेका निकायबीच समन्वय गरि सडक सुधार गर्ने गरि काठमाडौँ सङ्घीय सडक सुपरिबेक्षण तथा अनुगमन कार्यालयका सुपरिट्न्डेन्ट इञ्जिीनियर डा. बिजय जैशीको संयोजकत्वमा आठ सदस्यीय स्थायी सम्यन्त्र गठन गरेको छ । विभिन्न आठ प्रतिनिधि सदस्य रहने निकायहरुमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत बिकास समिति,काठमाडौ महानगरपालिका,ललितपुर महानगरपालिका, नेपाल टेलिकम,मेलम्ची खानेपानी आयोजना,नेपाल बिधुत प्राधिकरण र काठमाडौ उपत्यका खानेपनी लिमिटेड रहेका छ्न।

बैठकले तीनकुनेस्थित बागमती पुल र बिजुलीबजारस्थित धोबीखोलाको पुल मुनिबाट करिडोर चालु गर्ने निर्णय गरेको छ । नेपाल विद्युत प्राधिकरणबाट सञ्चालित आयोजनाहरुको निर्माणस्थलमा प्राधिकरण र सडक विभागबीच भएको समझदारीअनुसार क्षति पुगेको खण्डमा अस्थायी वा स्थायी खण्डको पुनःस्थापना गर्ने पनि निर्णय भएको छ ।


Read Previous

उद्यमीका समस्या तत्काल समाधान गर्न महासंघको माग

Read Next

चार लेनको महाकाली पक्की पुलले जगाएको आशा

Leave a Reply

Your email address will not be published.