Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

क्रसर संचालनमा देखिएको समस्या छिट्टै समाधान गरिने सहरी विकास मन्त्रीकाे भनाइ


काठमाडौं । सहरी विकास मन्त्री विक्रम पाण्डेले निर्माण उद्योगमा देखिएको समस्याबारे आफू जानकार रहेको बताउँदै यस उद्योगमा देखिएको समस्या समाधान गर्ने विषयमा मन्त्रिपरिषद्मा सकारात्मक छलफल भएको बताएका छन् ।

निर्माण उद्योगको पछिल्ला समस्या अवगत गराउन पुगेको नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको विहिवार विहान भएको भेटमा मन्त्री पाण्डेले क्रसर उद्योगको समस्या चाँडै समाधान हुनेमा जाेड दिए ।

गैरकानूनी तरिकाले क्रसर संचालन गर्ने केही व्यक्तिका कारण नियम संगत तरिकाले उद्योग संचालन गर्ने समेत मारमा परेको मन्त्री पाण्डेकाे भनाइ छ । निर्माण व्यवसायीहरूलाई कुनै गल्ती नगरी निर्भिक भएर काम गर्ने वातावरण बनाउने प्रतिबद्धता पनि मन्त्री पाण्डेले व्यक्त गरे ।

महासंघका अध्यक्ष रवि सिंहले क्रसर उद्योग संचालनमा देखिएको अवरोधका कारण निर्माण कार्य प्राय ठप्प भएको जानकारी गराए । निर्माण उद्योगबारे जानकार व्यक्तिले सहरी विकास मन्त्रालय सम्हाल्दा आफूहरूलाई खुशी लागेको अध्यक्ष सिंह उल्लेख गरे ।

पर्याप्त बजेट नछुट्याई ठेक्का लगाउँदा निर्माण उद्योगमा धेरै समस्या देखिएको भन्दै अध्यक्ष सिंहले बजेट छुट्टयाएर मात्र ठेक्का लगाउन मन्त्री पाण्डेको ध्यानाकर्षण गराए ।

सोही अवसरमा अध्यक्ष सिंहले मन्त्री पाण्डेको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । महासंघ प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.),महासचिव रोशन दाहाल, महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐर र उपनिर्देशक आसित अधिकारी पनि रहनु भएको थियो ।


Read Previous

कालीगण्डकी कोरिडोर प्रसारण लाइनकाे कुस्मा-न्यू बुटवल खण्ड पूरा हुँदै,चार्ज गर्न ६ महिना लाग्ने

Read Next

वितरण प्रणालीको विद्युत चुहावट ७.४९ प्रतिशतमा झर्यो

Leave a Reply

Your email address will not be published.