Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

तिब्र गतिमा सवारी साधन चलाउनेले पनि अनिवार्य १ घण्टे सचेतना कक्षा लिनुपर्ने


काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर १५ (बिहिबार) देखि तिब्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई अनिवार्य रुपमा १ घण्टाको सचेतना कक्षा सञ्चालन गर्ने भएको छ । यसको साथै तिब्र गतिमा चलाउने चालकले नियम अनुसार जरिवाना तिर्नुपर्नेछ ।

तिब्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई प्रहरीले नियमअनुसार जरिवाना गर्नुका साथै मंसिर १५ देखि अनिवार्य रुपमा १ घण्टाको सचेतना कक्षामा सहभागी हुनुपर्ने काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

अहिलेसम्म मापसे गरेर सवारी साधन चलाउने, लेन नियम उल्लङघन गर्ने र रातो बत्ती क्रस गरेमा नियम अनुसार कार्बाही गरी अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने व्यवस्था रहेको छ ।

काठमाडौ उपत्यकामा हुने सवारी दुर्घटनाको मुख्य कारण तिव्र गतिमा सवारी साधन चलाउनु रहेको छ । तिव्र गतिका कारण हुने दुर्घटनामा मानविय क्षति बढी हुने गरेको छ । आर्थिक बर्ष २०७८०७९ मा ३ हजार ५४३ र चालु आर्थिक बर्षको ३ महिनाको ६४९ ओटा सवारी दुर्घटनाहरु तिव्र गतिका कारण भएका छन् ।

यस प्रकारका दुर्घटना नियन्त्रणका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सवारी साधनको गति चेकजाँच गरी तिव्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई कारवाही गर्दै आएको छ । ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७८०७९ मा १८ हजार ४४७ जना र चालु आर्थिक बर्षको ३ महिनामा ८ हजार ५ सय ८४ जनालाई उक्त कसुरमा कारवाही गरिएको छ ।

सवारी चालकहरुमा सचेतनाको कमीले गर्दा तिव्र गतिमा सवारी साधन चलाउने प्रवृतिमा कमि नआएको र दुर्घटनाहरु समेत बढ्दै गएको प्रहरीको निष्कर्ष छ ।


Read Previous

नागढुंगा सुरुङमार्गको समग्र प्रगति ४५ र सुरुङ खन्ने काम ६७ प्रतिशत सकियाे

Read Next

छिम्केश्वरी पर्यटन मार्गमा तीन तहका सरकारको लगानी

Leave a Reply

Your email address will not be published.