Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

२ वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण गर्न ठूलाे लगानी गर्दैछौंः घिसिङ


मुगु । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशकाे विद्युतीकरणलाई उच्च प्राथमिकता दिएर काम गरिरहेकाे बताएका छन् । बुधबार कर्णाली प्रदेशमा पुगेका घिसिङले विद्युत पहुँचबाट पछाडि रहेकाे कर्णालीमा विद्युतीकरण गर्न प्रसारण तथा वितरण प्रणालीका संरचनामा ठूलाे लगानी गरेकाे बताएका हुन् ।

उनले भाैगाेलिकरूपमा विकट रहेका जिल्लामा साैर्य ऊर्जा प्रणालीबाट विद्युतीकरण गरिने बताए । ‘कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा कम्तीमा पनि २/२ मेगावाटका सौर्य ऊर्जा प्लान्ट राख्ने हाम्राे याेजना छ,’ उनले भने, ‘याे कामका लागि एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) र युरोपेली लगानी बैंक (इआइबी) बाट ऋण लगानी जुटाउँदैछाैं ।’

उनले एआइआइबी र इआइबीबाट  करिब २२ करोड अमेरिकी डलर (करिब २८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा  विद्युतीकरण गरिने बताए । उनले  प्राधिकरणले  कमाएको नाफाबाट केही अंश छुट्याएर दुर्गम क्षेत्रमा विद्युतको पहुँच विस्तारमा खर्च भइरहेको पनि बताए ।

‘दुई वर्षभित्रमा कर्णाली प्रदेशका जिल्लाहरूको विद्युतीकरण सम्पन्न गर्ने लक्ष्य राखी टेण्डरको प्रक्रिया अगाडि बढाइसकेका छौं । एसियाली विकास बैंकको अनुदानमा सौर्य ऊर्जा केन्द्र स्थापना गर्नका लागि अहिले छलफल भइरहेकाले चाँडै निर्णय हुने छ ’ उनले भने ।

प्राधिकरणले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम, जाजरकोट, कालिकोट र जुम्ला जिल्लामा राष्ट्रिय प्रसारण प्रणालीमार्फत (ग्रिड) र हुम्ला, मुगु र डोल्पामा लघु जलविद्युत मार्फत विद्युत् आपूर्ति गरिरहेको छ । मुगुमा यस वर्षभित्रै राष्ट्रिय प्रसारण लाइन पुर्याउने प्राधिकरणकाे लक्ष्य छ ।कर्णाली प्रदेशमा ५६.७९ प्रतिशत विद्युतीकरण भएको छ ।


Read Previous

मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति

Read Next

राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणाः पूर्वाधार ठेक्का सम्झौता सुधारदेखि अनिवार्य डिजिटल भुक्तानीसम्म

Leave a Reply

Your email address will not be published.