Nepal Purbadhar

विद्युत नियमन आयोगको सार्वजनिक सुनुवाईमा उपस्थित हुने बारे


नेपाल विद्युत प्राधिकरणले यस आयोग समक्ष कालीगण्डकी गर्ज हाईड्रोपावर प्रा.लि. द्धारा प्रवद्र्धित थासाङ्ग र अन्नपूणर् गाउँपालिका, म्याग्दी र मुस्ताङ्ग जिल्ला, धवलागिरी अंचल, गण्डकी प्रदेशमा अवस्थित कालीगण्डकी गर्ज जलविद्युत आयोजना (१८० मे.वा.) बाट उत्पादन हुने विद्युतको खरिदबिक्री दर निर्धारण तथा विद्युत खरिद सम्झौतामा सहमतिको लागि पेश भएको निवेदन उपर छलफल गर्न सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिने भएकाले उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानिय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरु, संचार माध्यम, स्थानीय तहका प्रतिनिधि, तथा सरोकारवालाहरुलाई सो कार्यक्रमा सहभागी हुन आह्वान गरिन्छ । सरोकारवालाहरुले आयोगको कार्यालयमा लिखित रुपमा एवम् आयोगको इमेल ठेगाना (info@erc.gov.np) मार्फत समेत आफ्ना राय, सुझाव तथा प्रतिकृया पेश गर्न सक्ने व्यहोरा जानकारी गराइन्छ । यस सम्बन्धमा बिस्तृत जानकारी आयोगको आधिकारिक वेवसाईट erc.gov.np मा हेर्न सकिन्छ ।

सार्वजनिक सुनुवाई कार्यक्रम:
स्थान: विद्युत विकास विभागको सभाहल (पाँचौं तल्ला), सानो गौचरण, काठमाण्डौ ।
मिति र समय: २०७९।०५।३१ गते शुक्रवार दिउँसो १ बजे देखि ४ बजे सम्म

Facebook Comments

Read Previous

तामाकोसीको विद्युत शनिबार प्रणालीबाट विच्छेद हुने,जलाशय र सेटलिङ बेसिनको सफाइ गरिने

Read Next

जलवायु तथा विकास प्रतिवेदन सार्वजनिक, जलवायु जोखिम झेल्न नेपालले ४ क्षेत्रलाई प्राथमिकता दिन सुझाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar