Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

काठमाडौ विश्वविद्यालयले मिडियामा विश्वसँग प्रतिष्पर्धा गर्ने जनशक्ति उत्पादन गर्ने


काठमाडौ । काठमाडौ विश्वविद्यालयले मिडिया क्षेत्रमा विश्वसँग प्रतिष्पर्धा गर्ने जनशक्ति उत्पादन गर्ने भएको छ ।

काठमाडौ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागले चालु बर्षदेखि सुरु गर्न लागेको स्नाकोत्तर तहमा मिडिया अध्ययनमार्फत विश्वसँग प्रतिष्पर्धा गर्ने जनशक्ति उत्पादन गर्न लागेको हो ।

विभागका प्रमुख डा. सुधांशु दाहालले मिडिया क्षेत्रमा विश्वसँग प्रतिष्पर्धा गर्ने जनशक्ति उत्पादन गर्ने गरी विश्वविद्यालयले स्नाकोत्तर सुरु गर्न लागेको जानकारी दिए । ‘मिडिया क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनलाई लक्षित गरी हामीले पहिलोपटक अहिलेको बजारको आवश्यकतालाई महशुस गरी मिडियाको स्नाकोत्तर सुरु गर्न लागेका छौ ।’–उनले भने ।

विभागका एशोसियट प्राध्यापक डा. निर्मलहरि अधिकारीले विश्वविद्यालयले सिद्धान्त, विश्लेषण, भाषा र प्रविधिमा विद्यार्थीलाई पोख्त बनाउने गरी स्नाकोत्तरको कक्षा सुरु गर्न लागेको जानकारी दिए । उनका अनुसार, विद्यार्थीले आफूलाई इच्छा लागेको रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन, विज्ञापन, जनसम्पर्क, चलचित्र, सरकारका सूचना अधिकारी लगायतका क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनलाई बढी केन्द्रित गरिएको जानकारी दिए ।

उनले मिडिया क्षेत्रमा सकृय जनशक्तिको क्षमता, दक्षता, ज्ञान र सिप वृद्धिलाई विश्वविद्यालयले प्राथमिकता दिएर भर्ना खोलिएको जानकारी दिए ।

विश्वविद्यालयका अनुसार, २० जना विद्यार्थीका लागि भर्ना खुलिसकेको छ ।


Read Previous

उद्यम योजनाबारे आईडिया हन्ट २०२२ सुरु

Read Next

‘पनौतीमा निजी क्षेत्रलाई लगानी गर्ने वातावरण निर्माण गर्दैछौं’

Leave a Reply

Your email address will not be published.