Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ मुल्य घटाउँदै सरकार


काठमाडौ । सरकारले प्रति लिटर पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ ।

पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ पुगेसँगै बजारमा महंगी अचाक्ली बढेसँगै सरकारको आलोचना भईरहेको बेला सरकारले मुल्य घटाउने घोषणा गरेको हो ।

बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई मुल्य घटाउन निर्देशन दिएको थियो । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कटौती गरेर इन्धनको मुल्य घटाइएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

उनका अनुसार, २० र २८ रुपैयाँ घटेसँगै प्रटि लिटर पेट्रोल १७९ र डिजेल प्रतिलिटर १६३ रुपैयाँमा झर्ने भएको छ तर सो कार्यान्यन भने नेपाल आयल निगमले शनिबार राती १२ बजेदेखि लागू हुने जनाएको छ ।

पछिल्लो पटक एक पटक पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ बढेपछि अहिले सर्वसाधारणलाई असर पर्ने भन्दै कर हटाएर भएपनि मुल्य घटाउन सरकारमाथि दबाब परेको थियो । मुल्य वृद्धिसँगै सवारी साधनदेखि बजारमा समेत मुल्य वृद्धि भएको थियो ।


Read Previous

ज्योतिष शास्त्रको आधारमा जोडी खोज्न डेटिङ एप

Read Next

फेष्टमै साढे २४ करोड लगानीका स्टार्टअप परियोजनामा सम्झौता

Leave a Reply

Your email address will not be published.