Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने

सडक सुरक्षा तथा दिगो शहरी विकासमा केन्द्रित ‘कार्ल मार्क्स कसम’ पुस्तक सार्वजनिक


काठमाडौं । गोविन्द भट्टराईद्वारा लिखित पुस्तक ‘कार्ल मार्क्सको कसम, केही विकासका कुरा केही निकासका कुरा’ मंगलबार एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ ।

पुस्तकमा मोबिलिटी, सडक र यातायात, सडक सुरक्षा तथा दिगो शहरी विकासका क्षेत्रहरूमा आफ्ना राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव आदिलाई समेटिएको छ । यसमा सुरक्षित, दिगो, व्यवस्थित र सबै नागरिकको पहुँच सहितको मोबिलिटी अधिकार, सार्वजनिक यातायात, सडक सुरक्षा परिषद, इन्टरनेसनल ड्राइभिङ परमिट र स्मार्ट सिटी एवं शहरी व्यवस्थापनका केही अनुभव र सुझाव समेत छन् ।

त्यसैगरी पुस्तकमा ड्राइभ टुरिजम र टु ह्विल टुरिङ, मोटर स्पोर्ट्स, साहसिक तथा पर्यटकीय खेलकुद, आधुनिक पर्यटन प्रवद्र्धन तथा दिगो विकास वारेमा समेत रोचक तरिकाले वर्णन गरिएको छ ।

कार्यक्रममा नेसनल रोड सेफ्टी एलायन्स नेपालका अध्यक्ष योगेश भट्टराई, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, पूर्व मुख्य सचिव लिलामणि पौडेल, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जिवी नेपाल, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत उपस्थित थिए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. टोकराज पाण्डे, नासा फाउन्डेसन नेपालकी संयोजक भगवती सेढाई, खेलकुद अभियन्ता रमेश पौडेल तथा पुस्तकका लेखक गोविन्द भट्टराईले समेत आफ्नो धारणा राखे ।

सो अवसरमा त्रिभुवन विश्वविद्यालय, जनसंख्या विभागका प्रमुख प्रा.डा. योगेन्द्र बहादुर गुरूङ, नासा नेपालका अध्यक्ष दशरथ रिसाल, रोड सेफ्टी विज्ञ डा. सुनिल जोशी, राष्ट्रिय खेलकुद परिषदका सदस्यहरू सुवर्ण श्रेष्ठ, मनदेव हजारालगायतको उपस्थिति थियो ।

नासा फाउन्डेसन नेपालद्वारा प्रकाशित उक्त पुस्तक सार्वजनिक कार्यक्रममा सहभागीह?द्वारा पुस्तकको विविध पक्ष, त्यसले उठाउन खोजेका विषयहरू, नेपालको दिगो विकासको लागि दिइएका सुझावह? तथा राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभव माथि विभिन्न कोणबाट छलफल गरिनुका साथै सुझाव समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सांकेतिक रूपमा एफआईएद्वारा मान्यता प्राप्त हेल्मेट डा. सूर्यराज आचार्य, सर्वेन्द्र खनाल, डा. शिवजी यादव, डा. सुनिल जोशी र सामाजिक अभियन्ता खुसी पाठक लगायतलाई वितरण गरिएको थियो ।

विगत २ दशकदेखि सडक सुरक्षा तथा डेढ दशक देखि नेपालको खेलकुद तथा पर्यटन क्षेत्रमा संलग्न सामाजिक अभियन्ता गोविन्द भट्टराईद्वारा विभिन्न समयमा प्रकाशित लेख रचनाहरूको संग्रह ‘कार्ल मार्क्सको कसम’ प्रकाशित गरिएको हो । विभिन्न अभियान तथा नीति निर्माणमा समेत सहयोगी हुने उक्त पुस्तक होम डेलिभरीमार्फत उपलब्ध गराइने नासा फाउन्डेसनले जनाएको छ ।


Read Previous

वाईफाई नेपालको सेवा आरम्भ, ३३३ रुपैयाँमै ३० एमबीपीएस इन्टरनेट

Read Next

दिगोपनका लागि एसियामा दीर्घकालीन ऊर्जा योजना र रणनीति

Leave a Reply

Your email address will not be published.