Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै   

हरित अर्थतन्त्र विकासमा योगदान गर्न वैकल्पिक ऊर्जा र नेपाल आँखा कार्यक्रमबीच समझदारी


काठमाडौं । उर्जा दक्षताको प्रवद्र्धन तथा आधुनिक उर्जा प्रविधिको प्रयोगलाई बढावा दिई हरित अर्थतन्त्र विकासमा योगदान पुर्याउन वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

केन्द्रको तर्फबाट कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारी र प्रतिष्ठानको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले हस्ताक्षर गरे । समझादारी अनुसार तत्कालको लागि तिलगंगा अस्पतालको ऊर्जा दक्षता वृद्धि गर्नको लागि आवश्यक प्राविधिक सहयोग गर्नेछ । त्यसमार्फत अहिले अस्पतालले खपत गरिरहेको ऊर्जामा कमी आउनेछ ।

‘भविष्यमा भने तिलगंगा अस्पतालले देशका विभिन्न ठाउँमा निर्माण गर्ने अस्पतालमा ऊर्जा दक्षता वृद्धि गर्ने प्रणाली जडान गर्ने विषयमा सहकार्य हुनेछ’ वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रका कार्यकारी निर्देशक डा.मधुसुधन अधिकारीले भने ।

कार्यक्रममा प्रतिष्ठानका संचालक समिति सचिव प्राडा. सन्दुक रुइत लगायत अन्य पदाधिकारिहरुसंग छलफल समेत भएको थियो । मानव सेवामा समर्पित तिलगंगा आँखा प्रतिष्ठानलाई यस कार्यबाट हुने ऊर्जा तथा आर्थिक बचतबाट आँखासम्बन्धी अनुकरणीय कार्यको लागि थप सहयोग हुनेछ ।

प्रतिष्ठानले उर्जा दक्षतासम्बन्धी सुधारका कार्यक्रमहरु अनवरत रुपमा प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।


Read Previous

सडक र सवारी : नयाँ नेपालको पूर्वाधार

Read Next

देशभर राजमार्गका १७ ठाउँमा समस्या, कोशी काेरिडोर ५ दिनदेखि अवरुद्ध

Leave a Reply

Your email address will not be published.