Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

सडक र सवारी : नयाँ नेपालको पूर्वाधार


गाेविन्द भट्टराई 

नेपालको भूगोल, सामाजिक, आर्थिक संरचनाका आधारमा विकासका कार्यक्रम अगाडि बढाउने हो भने सड़क पहिलो विकल्प हो । त्यसपछि अन्य विषय आउँछन यहीं ने हामी निकै पछाडि पर्यो । पहिले सडक बनाउन जरुरी थियो ।

हामीले पिठ्यूँमा इँटा बोकाएर पूर्वाधार बनायौँ । आवश्यक थियो गाउँका उत्पादन सहरसम्म पुयाउन ठूलाठूला सडक र सार्वजनिक यातायातको, तर बनाय मोबाइलका टावर खेत बेचीबेची घरघरमा मोबाइल ल्यायो । बहुराष्ट्रिय कम्पनीले कमायो । त्यही मोबाइलमा रिचार्ज गर्ने रकम कमाउने आधार बनाएनौं । त्यही खेतमा उत्पादन गरी सडकके माध्यमले समृद्ध देश बनाउन सक्थ्यौँ । आफ्ना उत्पादन बजारसम्म पुयाउन सकेनौ ।

उर्जाशील युवा विदेश भासिए । कस्तो विडम्बना ! टावर, अस्पताल, स्कूल बनाए पनि त्यो मोबाइलबाट जीवनस्तरमा सुधार गर्न सकिएन । अस्पतालमा डाक्टर, बिरामी, औषधी, उपकरण पुयाउने सडक पुग्न सकेन । सुन्दर स्कुलसम्म शिक्षक, विद्यार्थी पुन्याउन नसके के अर्थ होता | हाम्रो सामाजिक संरचना, जनताको चेतनास्तर त्यस्तै छ ।

काठमाडौं, चितवन, बुटवल, इटहरीजस्ता सहर बागमती, तिनाउ, कोशी, नारायणीजस्ता नदी बगेको भएर मात्र बसाइ सरेर आएका होइनन् । ती ठाउंमा न्युनतम् सावधा पाइन्छ भनेर पनि आएका हुन् ती सुविधाको पहिलो आधार सड़क, सवारी ने हो। प्रत्येक वर्ष दुर्गममा चामल अनुदान बांहदा रमाउने मुगालीले पनि बुटवलवासीले जस्तै सडकमा सवारी चढ्दा सायद अपमान भएको ठान्दा हुन की।

छोराछोरीको बिहेमा दसौं लाख खर्च गर्न तम्सन्छौ । तर, शिक्षा निःशुल्क खोज्छी । तीज, दसैंमा लाखौँ खर्च गरेको धाक छोड्ने अनि युवा स्वरोजकार कोषको फाराम भर्न लाइनमा बस्ने । युरोपले गरेको विकासको जग के हो ? युरोपमा पढेकाले नै बुझ्न नसक्नु हाम्रो दुर्भाग्य हो । कतै बुझेर पनि नबुझेजस्तो गरेका पनि हुन सक्छन् । आफ्ना जति उता पठाइसके यताकासँग तिनको के मतलब । दावाका साथ भन्न सकिन्छ, आधुनिक युरोपको जग सडक र यातायात हो

त्यसमा जल यातायातको भूमिका नभएको होइन । आज दुर्गमबाट ठुलो सङ्ख्या सहर खोज्दै किन राजधानी आउँदैछ ? त्यसले स्थानीय स्तरमा श्रमिकको अभाव बढाउँदैछ भने राजधानीलाई अस्तव्यस्त बनाउँदैछ सुकम्बासी, खानेपानी, ट्राफिक जामजस्ता आजका जल्दाबल्दा समस्याको जड पनि त्यही हो नेपालभर एके स्तरको सड़क पुयाउन सक्ने हो भने बसाइसराईको चकों समस्या भोग्नु पर्दैनथ्यो

काठमाडौं, चितवन, बुटवल, इटहरीजस्ता सहर बागमती, तिनाउ, कोशी, नारायणीजस्ता नदी बगेको भएर मात्र बसाइ सरेर आएका होइनन् । ती ठाउंमा न्युनतम् सावधा पाइन्छ भनेर पनि आएका हुन् ती सुविधाको पहिलो आधार सड़क, सवारी ने हो। प्रत्येक वर्ष दुर्गममा चामल अनुदान बांहदा रमाउने मुगालीले पनि बुटवलवासीले जस्तै सडकमा सवारी चढ्दा सायद अपमान भएको ठान्दा हुन की।

अर्को तर्फ १० वर्ष मा इमान्दार प्रयास गर्ने हो भने एक जिल्लाबाट अर्को एक सहरबाट सिधा अर्को सहर मात्र होइन, तराईसम्म कही घण्टामा चारे खचमा पुग्न सकिन्छ । त्यसले के गर्छ जुम्बाको स्याडू बिराटनगर पुग्छ। कैवालीको लहला पुग्छ नापनेजरको पानीले बजार पाउँछ । बाकी यार्सागुम्बा काठमाडौं मांजने आउँछ र विदेश पुग्छ ।

त्यसले के हुन्छ ? आफ्नी भूमिप्रतिको आस्था बढ्छ । स्थानीय उत्पादनले बजार पाउँछ । स्थानीय स्तरमा रोजगारी सिर्जना भई गरिबी घटछ । हिमाल र तराईबीच सदभाव बढ्छ । एक वर्गले अर्को वर्गको भूमिका र महश्व थाहा पाउँछन् । राष्ट्रिय एकताको भावना बढाउँछ । नयाँ नेपाल निर्माणमा सघाउँछ । बसाइसराई कम हुन्छ । प्रत्येक नागरिकले राष्ट्र निर्माणमा आफ्नो भूमिका बुझ्छन् । सुन्दर भविष्यको कल्पनालाई विपनामा ढाल्न आफ्नो श्रम, सीप र सिर्जनामा रमाउँछन् ।

ठूलाठूला सडक सञ्जालले उत्तर दक्षिणका राजमार्ग, प्रत्येक जिल्ला सदरमुकाम मात्रै भए पनि व्यवस्थित हुन्छ। सरकारी निकम्माको कारण हाम्रा धेरै सडक गलत व्यक्तिको हातमा पर्दै गएको तथ्य भन्नु हुँदैन स्वयंसिद्ध तथ्यबाट हाम्रा नीति निर्माता किन विमुख भए

विकासको पूर्वाधार सडक भन्ने सत्य बुझ्न सबै अधिकाश सरकार असफल भए भनेर ठोकुवा गरिदिए हुन्छ । अहिले फास्ट ट्रयाकको वन | रेलदेखि तेनसम्मका भाषण सुनिन्छन् । पक्ष प्रतिपक्ष हेर्दा सत्यबोध भएजस्तो छ । तर अहिले नै पार्टीका नेता, कर्मचारीलाई भने विश्वास गरिहाल्न सकिने अवस्था छैन । कम्तीमा सडक यातायातको महत्व दमक र बुटवलवासीले पत्तो पाएछन् ।

बरु बिस्तारै प्रधानमन्त्री, अर्थमन्त्रीजस्ता पदमा जुम्ला, खोटाङ, बाजुराबासीलाई पनि बनाउनु पर्ला कि ? घाम जतिकै छर्लङ्ग यथार्थतालाई पन्छाएर विकासको काइते कुराले विगत तीन दशकमा आधनिक नेपाल निर्माण परै जाओस् महेन्द्रपथमा पनि पांगएन । केही विदेशी दाताले दिएको उपदेशको पछाडि दौडेर नेपाललाई अझ सर्यो वर्ष गरिबी, बेरोजगारी, अन्धकारमै धकेल्ने कसम खाएकै भए त हाम्रो के लाग्छ ।

अझै पनि नसिक्ने हो भने एउटा भनाई सार्थक होला ‘डिँगोले एकपटकमा चेत्छ मान्छेले तीन पटकमा’ दुर्भाग्य त्यो हो कि तिनका चेत खुल्ने बेलासम्म हामी रसातलमा पुगिसकेका हुनेछौँ किन सरकार र प्रतिपक्षी दुवैबाट निजगढ काठमाडौं फास्ट ट्र्याकमा कोकोहोलो मच्चाइँदैछ ? हुन त त्यो सडकले काठमाडौँ केन्द्रित सामाजिक, आर्थिक संरचना अझ बलियो पार्नेछ । विकेन्द्रिकरण पनि होइन संघीयता त परे जाओस । तर पनि सरकारले निर्माण चालेको त्यही सडकमै अभ विदेशीले निहुँ ब्रोज्नुले महत्व दर्शाउँछ । त्यही रकम र तयारीने सुर्खेत जुम्ला सडक चार लेनको बनाए हुन्न ?

निजगढ काठमाडौँ सडकले पार्ने प्रभाव र सुर्खेत जुम्ला चार लेनको सडकले पार्ने प्रभावबीच के तुलना हुन सक्ला ? तैपनि किन हाम्रा सरकार, ठेकेदार र छिमेकी आँगनमै ठेक्का पानी लडाई गर्दछन् ।

सायद तिनलाई मध्य र सुदुरपश्चिमका जनताको जीवनस्तरमा हुने सुधारको अर्थ नहोला । सिङ्गो कर्णालीले राष्ट्रिय अर्थतन्त्रमा पार्ने प्रभावबारे कने गोरा या छिमेकीले तालिम दिन बिर्सिए कि ? किन स्थानीय विमानस्थलको नाममा अरबी लगानी गरिदैछ । विमानस्थलै नभएका देशले पनि गरेका प्रगति कसरी बुझाउने होला । अहिलेको कर्मचारी मनोवृत्ति रहिरहे काठमाडौँ, पोखरा, दाङ, चितवनजस्ता भ्यालीभरिकै एयरपोर्ट बनाए पनि ट्रारस्टलाई लाखमा होइन अब हजारौंमा खोज्ने दिन आउन बेर छैन।

सडक ठूलो पारौँ । गुरुजीलाई दक्ष पारौं । सोलुखुम्बुबाट चार घण्टामा काठमाडौँ पुग्न सकिन्छ । तर, धरान र बलेवाको एयरपोर्टको शिलान्यास गर्दाको मज्जा अर्कै । काठमाडौंको ट्राफिक जाम र बिपी राजमार्गको सिन्डिकेट हटाउने दुःख कसले गरोस् ? आजसम्मको विकास मोडेलले हामीलाई स्वावलम्बी बनाएन ।

जिल्ला जिल्लामा हेलिप्याड़ शिलान्यासको साटो बेनी-जोमसोम सडक चार लेनको बनाए लाखों पर्यटक जोमसोम पुग्थे यस्तो चेत भएको पर्यटन मन्त्री पाएनी या पाएकालाई टिकाउन सकेनौँ । जिल्लैपिच्छे एयरपोर्ट बनाउने रकमले उत्तर-दक्षिणमा चार लेनका १० वटा हाइवे पाँचवर्षमा तयारी गर्न सकिन्छ । चारवटा विश्वविद्यालय घोषणा गर्न चम्किनुभन्दा मध्यपहाडी राजमार्गमा लगानी गर्दा जनताले सिधा प्रतिफल पाउलान् । तिनले नजिकैको अस्पतालमा बिरामी पुत्याउन सक्थे । विश्वविद्यालयमा अध्ययनका लागि जान सक्छ ।

हुन त हाल सञ्चागित विश्वविद्यालयलाई आम जनताको पहुँच, व्यवस्थित र आधुनिक अन्तर्राष्ट्रय स्तरको बनाउनुभन्दा प्रत्येक का मार्क्सको कसम। जिल्लामा विश्वविद्यालयको घोषणा गर्दा आउने मज्जा म बबुरोलाई के थाहा औषधी र जनशक्ति पुयाउने नसकिने अस्पताल र पूर्वाधार बनाउन नसकिने विद्यालयमा लगानी नगराैँ। सडक ठूलो पारौँ । गुरुजीलाई दक्ष पारौं । सोलुखुम्बुबाट चार घण्टामा काठमाडौँ पुग्न सकिन्छ । तर, धरान र बलेवाको एयरपोर्टको शिलान्यास गर्दाको मज्जा अर्कै । काठमाडौंको ट्राफिक जाम र बिपी राजमार्गको सिन्डिकेट हटाउने दुःख कसले गरोस् ? आजसम्मको विकास मोडेलले हामीलाई स्वावलम्बी बनाएन ।

बरु विस्तारे कसैले दास र लम्पट पो बनाएछ । अभिजात्य र उच्च वर्गको विरोध गर्दा गर्दा हाम्रा भाग्यविधाता त्यही वर्गमा पुगेछन् । कति वेबकुफ हामीहरू । छ दशकमा विकासमा भएको लगानीमा केही समस्या देखिन्छ । विद्यालय छ विद्यार्थी न्यून् ।

डॉक्टरविनाका अस्पताल छन् । उत्पादनविनाका औद्योगिक क्षेत्र छन्। पत्रिका छन् विज्ञापन, पाठक न्यून् । उत्तर सहज छ । कुरा अघि काम पछि । उल्टो गति उल्टै गति । त्यसैको परिणाम सायद आइएलजी अभिसन्धि १६९ पारित गर्न विश्वयुद्ध जितेजस्तो गर्ने नेपाली एन्टिहरु झाडापखालाबाट एकै हप्तामा सयौंको ज्यान जाँदासमेत बेखबर छन् । हाम्रामा समानुपातिक विकास गर्न अप्ठेरो रहेछ । बरु सुघीयता सजिलो । गाँस, बास, कपास, सुरक्षा, स्वास्थ्य, शिक्षा, रोजगारी पो पाएनौँ । गणतन्त्र सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, राष्ट्रपति बन्न पाउने अधिकार त पाएकै छौं ।

आधारभूत विकासको दशक हुनेछ जूनः विकासले साँच्चिकै नेपाली भन्दा गर्व हुनेछ । नेपालमा प्रधानमन्त्रीको सडक यातायातको मोह बढिरहेको समय र बजेट भाषणमा पूर्वाधारलाई प्राथमिकता दिँदै बाचन गरिरहेको क्षणमा म सोच्दैछु । कतै बजेट भाषणको अन्तमा प्रत्येक जिल्लामा एयरपोर्ट बनाउने घोषणा त हुँदैन ?

सायद हाम्रा भाग्यविधाता’ लाई जमिनमा भन्दा आकाशमा भर छ किनकि ती सडकमा कम आकासमा ज्यादा उछन् नि । तिनका सन्तान आकाशबाट विदेश पढ्न जान्छन् गाडी चढेर पञ्जाब र लद्दाखमा फापर गोडन, भीर फोन होइन । तिनीहरुको कारोबार सडकबाट हैन ‘हावाबाट’ चलेको छ । अनि तिनलाई गाँस, बास, कपास, शिक्षा, सुरक्षाको महत्व के चाहा थाहा हुँदो हो त व्यवस्थित सार्वजनिक सवारी, दक्ष, योग्य चालक, मेकानिक्स बनाइहाल्थे ।

दुला व्यवस्थित सडक र सार्वजनिक यातायातको सञ्जालका लागि सगर्व घोषणा गर्थे ‘अबको दशक पूर्वाधारको हुनेछ । समानुपातिक विकासको दशक हुनेछ । आधारभूत विकासको दशक हुनेछ जूनः विकासले साँच्चिकै नेपाली भन्दा गर्व हुनेछ । नेपालमा प्रधानमन्त्रीको सडक यातायातको मोह बढिरहेको समय र बजेट भाषणमा पूर्वाधारलाई प्राथमिकता दिँदै बाचन गरिरहेको क्षणमा म सोच्दैछु । कतै बजेट भाषणको अन्तमा प्रत्येक जिल्लामा एयरपोर्ट बनाउने घोषणा त हुँदैन ?

नाेटः माेटर तथा एड्भेन्चर स्पोर्ट्समा परिचित भट्टराई नेसनल एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी नेपालका संस्थापक हुन् । उनकाे  भाेली मंगलबार सार्वजनिक हुन लागेकाे ‘कार्ल मार्क्सकाे कसम, केही विकासका कुरा, केही निकासका कुरा’ पुस्तकबाट साभार गरिएकाे हाे ।


Read Previous

दक्षिण एशियाभित्र विद्युत व्यापारका लागि ‘साझा ग्रीड कोड’

Read Next

हरित अर्थतन्त्र विकासमा योगदान गर्न वैकल्पिक ऊर्जा र नेपाल आँखा कार्यक्रमबीच समझदारी

Leave a Reply

Your email address will not be published.