
काठमाडौं । इमरान शेख, लोकेश बम र आन्द्रे रसेलको अर्धशतकमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनायो।
विराटनगरका लागि इमरानले ५६, लोकेशले ५० र आन्द्रे रसेलले अविजित ५२ रन बनाए। इमरान र लोकेशले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरे। एनपीएल इतिहासमा एउटै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक बनाएको यो पहिलो पटक हो।
बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए।



