Nepal Purbadhar

धनौजी गाउँपालिकाबाटै सवारी चालक अनुमतिपत्र वितरण सुरू


काठमाडौं। धनुषाको धनौजी गाउँपालिकाले स्थानीयवासीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरू गरेको छ।

यातायात व्यवस्था कार्यालय जनकपुरधाम र बर्दिबासबाट सञ्चालित परीक्षामा उत्तीर्ण भएका गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी यस्तो व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष राजकुमार साहले जानकारी दिए।

पहिलो चरणमा यातायात व्यवस्था कार्यालय बर्दिबासबाट सञ्चालित प्रयोगात्मक परीक्षा (ट्रायल) उत्तीर्ण गरेका ४५ जनाको लाइसेन्स गाउँपालिकाबाटै वितरण सुरू गरिएको उनले बताए।

पालिकाबाटै लाइसेन्स पाउन थालेपछि अनुमतिपत्र लिन यातायात कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने र स्थानीय सेवाग्राहीको समय तथा खर्च बचत हुने अपेक्षा गरिएको छ।


Read Previous

दुलेगौँडा-हर्कपुर सडकको पुरानो ठेक्का तोडेर नयाँ लगाउन माग

Read Next

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा १ जनाको मृत्यु, एक घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar