Nepal Purbadhar

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ


ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई शपथ गराएका हुन्।

महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले यसअघि नै असोज ३१ गते पद तथा गोपनीयताको शपथ लिइसकेका थिए। उनीबाहेक अन्य पदाधिकारी र केन्द्रीय सदस्यले बुधबार शपथ लिएका हुन्।

शपथग्रहणपछि पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण गरे।

कार्यक्रममा संयोजक खड्काले कांग्रेसको १५औँ महाधिवेशनलाई पार्टीभित्र मात्र नभई आम नेपाली नागरिकले समेत चासोका साथ हेरेको बताए। उनले देशमा विधिको शासन र संवैधानिक सर्वोच्चता कायम राख्न नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यलाई आग्रह गरे।


Read Previous

जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले स्तब्ध; वर्षाले दोस्रो खेल अन्योलमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar