Nepal Purbadhar

असुरक्षित बन्दै पृथ्वी राजमार्ग, इच्छाकामनामा खसेको पहिरो हटाए पनि मुग्लिनमा सवारी जाम कायमै


चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५, मुग्लिनमा पहिरो खसेपछि लागेको सवारी जाम अझै कायमै रहेको छ।

आज दिउँसो सडक निर्माणका क्रममा पहिरो खसेपछि केही समय सडक अवरुद्ध भएको थियो। लगत्तै उक्त पहिरो हटाएको भएपनि दुवैतर्फी यातायात प्रभावित भएको थियो। पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि सवारीसाधनको चाप बढेपछि मुग्लिन क्षेत्रमा अहिले पनि जाम लागेको छ।

सडकमा सवारीसाधनको लामो लाइन देखिएको छ। यात्रुले जामका कारण आवागमनमा समस्या व्यहोर्नुपरेको छ।

तस्बिर स्रोत: नेपाल फोटो लाइब्रेरी


Read Previous

टाटा मोटर्सको नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै घर लैजान सकिने

Read Next

भोटेकोशी बाढीमा ज्यान गुमाएका २८१ शव गोकर्णेश्वरमा सुरक्षित व्यवस्थापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar