Nepal Purbadhar

बाढीपछि भेटिएका ४८९ शवमध्ये ३९३ को पहिचान हुन सकेन

उद्धार गर्दै नेपाल प्रहरी, फाइल फोटो।


काठमाडौं। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि अहिलेसम्म ४८९ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फेला परेका शवमध्ये ३९३ जनाको पहिचान हुन सकेको छैन।

शवहरू रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीमा भेटिएका छन्।

फेला परेका शवलाई शव भेटिएका जिल्लासँगै काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही र कपिलवस्तुमा राखिएको प्रहरीले जानकारी दिएको छ।

बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता रहेकाले शवको पहिचान र आफन्तसम्म पुर्‍याउने काम चुनौतीपूर्ण बनेको छ।


Read Previous

मन्त्रिपरिषद्का निर्णय : प्रधानमन्त्रीसहित मन्त्रीको एक महिनाको तलब उद्धार कोषमा

Read Next

रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar