Nepal Purbadhar

फेरिँदै लेखनाथ सडकखण्डको मुहार- हेर्नुहोस् फोटोहरूमा

DCIM105MEDIADJI_0180.JPG


पोखरा । पृथ्वीराजमार्गअन्तर्गत पोखराको लेखनाथ सडकखण्ड सडक विस्तारसँगै नयाँ स्वरूपमा देखिन थालेको छ। मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत विस्तारको काम सम्पन्न भएसँगै अहिले सडकमा लेन मार्किङ, ट्राफिक संकेत, रंगरोगन, डिभाइडर, सुरक्षा बार तथा सौन्दर्यीकरणका काम भइरहेको छ।

सडकलाई थप सुरक्षित र व्यवस्थित बनाउन लेन छुट्याउने मार्किङ, जेब्रा क्रसिङ, ट्राफिक संकेत बोर्डलगायतका संरचना निर्माण तथा जडान गरिएको छ। सडकका विभिन्न संरचनामा गरिएको रंगरोगन र सौन्दर्यीकरणले लेखनाथ क्षेत्रको सडकको स्वरूपसमेत आकर्षक बनेको छ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत आबुखैरेनी–जामुने करिब ४१ किलोमिटर र जामुने–पोखरा सेती पुल करिब ३८.७१ किलोमिटर सडकखण्डको निर्माण सम्पन्न भइसकेको छ। सडक विस्तारसँगै कालोपत्रे, नाली, सर्भिस लेन, डिभाइडर तथा सडक सुरक्षा संरचनासमेत निर्माण गरिएको छ।

पृथ्वीराजमार्गको महत्वपूर्ण खण्डका रूपमा रहेको मुग्लिन–पोखरा सडक विस्तारपछि काठमाडौं–पोखरा आवागमन थप सहज, सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

तस्बिर: अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी


Read Previous

कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल

Read Next

४२० मेगावाटको तिला-२ जलविद्युत आयोजनाका लागि ५२ अर्ब ५५ करोड ऋण लगानी सम्झौता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar