Nepal Purbadhar

बीमा क्षेत्र सुधारका लागि अध्ययन समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने


काठमाडौं । अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न तीन सदस्यीय अध्ययन समिति गठन गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णयमार्फत सुशील कुमार ओझाको संयोजकत्वमा समिति गठन गरेका हुन्।

समितिका सदस्यमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर रहेका छन्। समितिलाई बीमा क्षेत्रको विद्यमान अवस्था अध्ययन गरी आवश्यक सुधारका उपाय तथा नीतिगत सुझावसहितको प्रतिवेदन ९० दिनभित्र अर्थ मन्त्रालयमा पेस गर्ने जिम्मेवारी दिइएको छ।

मन्त्रालयले बीमा क्षेत्रलाई थप प्रभावकारी, पारदर्शी र प्रतिस्पर्धी बनाउन आवश्यक सुधारका आधार तयार गर्ने उद्देश्यले समिति गठन गरिएको जनाएको छ।


Read Previous

करदाता उपहार कार्यक्रममा १५ दिनमै १०.८२ लाख योग्य कारोबार, बिल अपलोड गर्न विभागको आग्रह

Read Next

विद्युत् अवरोधको पूर्वसूचना सिधै ग्राहकसम्म पुर्‍याउन प्राधिकरणको अनलाइन केवाईसी अभियान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar