Nepal Purbadhar

पहिरोको जोखिमपछि मुग्लिन-नारायणगढ सडकमा राति सवारी सञ्चालन गर्न रोक


काठमाडौं: चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा सुक्खा पहिरो खस्ने जोखिम बढेपछि प्रशासनले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको हो।

प्रशासनले जारी गरेको सूचनाअनुसार मुग्लिन बजारनजिक नारायणगढतर्फ सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको छ। सो क्षेत्रमा अझै पनि निरन्तर सुक्खा पहिरो खस्ने जोखिम कायम रहेकाले रातिको समयमा सवारी सञ्चालन गर्दा मानवीय क्षति हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो।

मंगलबार दिउँसो सडकमा खसेको पहिरो दुई पटक पन्छाएर केही समयका लागि सवारी आवागमन सुचारु गरिएको थियो। तर पहिरो खस्ने क्रम पूर्ण रूपमा नरोकिएकाले रातिको समयमा आवागमन स्थगित गरिएको प्रशासनले जनाएको छ।

प्रशासनले अत्यावश्यक बाहेकका यात्रु तथा सवारी चालकलाई वैकल्पिक योजना बनाउन र तोकिएको अवधिमा उक्त सडकखण्ड प्रयोग नगर्न आग्रह गरेको छ। साथै, सडकको अवस्था सामान्य भएपछि पुनः सवारी सञ्चालन खुला गरिने जनाएको छ।


Read Previous

इरान, ओमान, साउदी अरेबिया एकै ठाउँ, स्ट्रेट अफ होर्मुजलाई सुरक्षित गर्न संयुक्त प्रयासको आह्वान

Read Next

राष्ट्रिय यातायात नीति २०८३ जारी, पुराना गाडी विस्थापन र सार्वजनिक सवारीमा इभीलाई प्राथमिकता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar