
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को अध्यक्षमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी नियुक्त भएकी छन्।
ऊर्जा मन्त्रालयले असार १५ गते दवाडीलाई कम्पनीको प्रतिनिधि सञ्चालकका रूपमा मनोनयन गरेको थियो। त्यसलगत्तै बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको कम्पनीले जनाएको छ।
अध्यक्षमा चयन भएसँगै दवाडीले कम्पनीको सञ्चालक समितिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। अब उनको नेतृत्वमा कम्पनीले जलविद्युत् तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी विस्तार र विकासका कार्यक्रम अघि बढाउने अपेक्षा गरिएको छ।

