Nepal Purbadhar

नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि चिनियाँ कम्पनी छनोट, ५ वर्षको जिम्मा पाउने



काठमाडौं। सरकारले नागढुंगा सुरुङमार्गको सञ्चालन र व्यवस्थापनका लागि निजी कम्पनी छनोट प्रक्रिया टुंग्याएको छ। यस अन्तर्गत चिनियाँ कम्पनी युसिन–एआरटी जेभी लाई जिम्मेवारी दिइने भएको हो।


आयोजनाका अनुसार प्राविधिक मूल्यांकनमा योग्य ठहरिएका प्रतिस्पर्धी कम्पनीहरूमध्ये युसिन–एआरटी जेभीले सबैभन्दा कम लागत प्रस्ताव गरेपछि छनोटमा परेको हो।
उक्त कम्पनीले पाँच वर्षका लागि सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापन गर्न करिब १ अर्ब १० करोड ४० लाख रुपैयाँको प्रस्ताव पेश गरेको थियो। यो रकम आयोजनाले तय गरेको अनुमानित लागतभन्दा करिब ४० प्रतिशतले कम रहेको बताइएको छ।


आयोजनाले सोमबार सूचना प्रकाशित गर्दै छनोट भएको कम्पनीलाई एक साताभित्र ठेक्का सम्झौता सम्पन्न गर्न आग्रह गरेको छ।
सम्झौता सम्पन्न भएपछि कम्पनीले करिब २.६५ किलोमिटर लामो नागढुंगा सुरुङमार्गको सञ्चालन र व्यवस्थापन पाँच वर्षसम्म सम्हाल्नेछ।


Read Previous

ऊर्जा क्षेत्रमा सरकारको १०० कार्यसूचीप्रति इप्पान उत्साहित

Read Next

अत्यधिक मागका कारण नेपालको पहिलो हाइब्रिड मोटरसाइकल Yamaha FZS FI Hybrid एक हप्तामै सोल्ड आउट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar