
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजु पाण्डे विजयी भएका छन्।
कुल सदर मत ४१ हजार ९१९ मध्ये पाण्डेले १८ हजार ७५७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्।
