Nepal Purbadhar

भकुण्डेबेसी–नेपालथोक सडकखण्ड पुनर्निर्माण तोकिएको समयमै सम्पन्न गर्न निर्देशन


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव प्रसाद चौलागाइले बाढी–पहिरोबाट क्षति पुगेको विपी राजमार्ग अन्तर्गत भकुण्डेबेसी–नेपालथोक सडकखण्डको पुनर्निर्माण कार्यको स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा मन्त्री चौलागाइले पुनर्निर्माण कार्य तोकिएको समयावधिभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्माण कम्पनीलाई स्पष्ट निर्देशन दिएका छन् । सडक पुनर्निर्माणमा ढिलाइ नगरी कामको गति बढाउन, निर्माण गुणस्तरमा कुनै सम्झौता नगर्न तथा वर्षायामअघि नै यातायात सञ्चालन सहज बनाउने गरी काम अघि बढाउन मन्त्रीले जोड दिएका हुन् ।

बाढी–पहिरोका कारण उक्त सडकखण्डमा ठूलो क्षति पुगेपछि यातायात सञ्चालन प्रभावित हुँदै आएको छ । पुनर्निर्माण कार्य सम्पन्न भएपछि स्थानीय बासिन्दा तथा यात्रुहरूको आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।

निरीक्षणका क्रममा सम्बन्धित निकायका अधिकारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरू समेत सहभागी रहेका थिए ।


Read Previous

सिराहा–धनुषा जोड्ने कमला पुल हुँदै कुलमान घिसिङको चुनावी यात्रा

Read Next

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी आजबाट सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar