Nepal Purbadhar

काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदुषण ( तस्बीर समाचार)


काठमाडौ ।जाडोयाम सुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढदै गएको छ ।

यो याममा वर्षाको मात्र र हावाको गति कम हुने भएकाले पनि काठमाडौं उपत्यकामा धूलो र धुवाँको मात्र बढदै जाने गर्दछ ।

यस याममा खेतीपातीका लागि खेतमा आगो बाल्ने जस्ता कामले पनि वायु प्रदूषणको मात्र बढदै गएको छ ।

काठमाडौं उपत्यका सवारीसाधनको धुवाँ, सडकमा उड्ने धूलो, उद्योगधन्दा लगायतबाट निस्कने हानिकारक ग्यासले गर्दा पनि यस याममा काठमाडौं विश्वकै प्रदूषित सहर बन्ने गरेको छ ।

यस याममा काठमाडौं उपत्यका वरिपरिका विभिन्न डाँडाबाट हेर्दा उपत्यकाको माथि धूलो र धुवाँको तह प्रष्ट देख्न सकिन्छ ।

तस्बिर : क्षितिज तामाङ/ नेपाल फोटो लाइब्रेरी ।


Read Previous

१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

Read Next

बंगलादेशले नेपालबाट थप २० सहित ६० मेगावाट बिजुली लैजाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar