
काठमाडौं । सालपा विकास बैंकले आइपिओ निष्कासनको अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सालपा विकास बैंकलाई आइपिओ निष्कासनको अनुमति दिएको हो । बैंकको चुक्ता पुँजीको ३३ प्रतिशत अर्थात १७ करोड २३ लाख ८८ हजार रुपैयाँको सेयर निष्कासनका लागि अनुमति पाएको हो ।
बैंकको चुक्ता पुँजी ५२ करोड २३ लाख रुपैयाँ छ । १०० रुपैयाँ अंकित मूलयको आइपिओ निष्कासन गर्नेछ ।









