Nepal Purbadhar

१० मेगावाटसम्मका जलविद्युत आयोजनाको पीपीए टेक अर पे मा हुने, कोटा हटाउने निर्णय,


काठमाडौं । साना लगानीकर्ताहरुलाई जलविद्युत आयोजना निर्माणमा प्रोत्साहन गर्न विद्युत खरिद सम्झौता (पीपीए) को कोटा हट्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) लिउ वा तिर (टेक अर पे) मा गर्ने भएको हो । प्राधिकरणले १० मेगावाटसम्मका नदी प्रवाही आरओआर र अर्धजलाशय (पिआरओआर) जलविद्युत आयोजनाहरुलाई टेक अर पे प्रावधानमा पीपीए सम्झौता गर्ने निर्णय गरेको छ।

प्राधिकरणका अनुसार अनुसार स्वदेशी लगानीलाई प्रवर्धन गर्न १० मेगावाटसम्मका आयोजनाहरुको टेक अर पे मा पीपीए गर्न लागिएको हो । प्राधिकरण सञ्चालक समितिको बैठकले १० मेगावाटसम्मको पीपीए टेक अर पे गर्ने निर्णय गरेको हो । ‘प्राधिकरण सञ्चालक समितिले स्वदेशी लगानीलाई प्रवर्धन गर्न यो निर्णय गरेको हो । मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाइएको छ । स्वीकृत भएर आएपछि पीपीए सुरु हुन्छ,’ प्राधिकरणका एक इन्जिनियरले भने, ‘साथै १० मेगावाटसम्मका प्रोजेक्टहरुका लागि कोटा सिस्टम समेत लागु हुँदैन । सिधै पीपीए हुन्छ ।’ प्राधिकरणले स्थानीय प्राकृतिक स्रोतको अधिकतम उपयोग र स्वदेशी साना लगानीकर्ताहरुको लगानी सुरक्षित गर्न यस्तो नीति लिएको हो ।

सांकेतिक तस्बिर

सञ्चालक समितिको निर्णय अनुसार अब प्राधिकरणले जुनसुकै समयमा प्रक्रिया पुर्याएर आउने १० मेगावाटसम्मका जलविद्युत आयोजनाको पिपिए गर्नेछ । सुक्खायाम (१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)का लागि हाल कायम रहेको दर क्रमशः ८.४० रुपैयाँ र ४.८० रुपैयाँ प्रति युनिटमा खरिद गर्ने गरी प्राधिकरणले यी आयोजनाका प्रवर्धक कम्पनीसँग पिपिए गर्नेछ ।

यस अघि पनि प्राधिकरणले पीपीएको कोटा हटाएको थियो तर चालु वर्षको बजेटका कारण रोकिएको थियो ।


Read Previous

सुमनराज अर्याल बने नयाँ मुख्य सचिव

Read Next

सालपा विकास बैंकले १७ करोड २३ लाख रुपैयाँको आइपिओ निष्कासनको अनुमति पायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar