
काठमाडौं । विश्वकर्मालाई प्रमुख शिल्पी र वास्तुकारका रूपमा मानिन्छ। हिन्दू पुराण अनुसार उहाँले देवदेवीका उड्ने रथहरू निर्माण गर्नुभएको थियो र असुरहरूसँगको युद्धमा देवताहरूलाई सहयोग गर्ने विभिन्न अस्त्र-शस्त्रहरूको निर्माण गर्नुभएको थियो।

नेपाली पात्रोअनुसार प्रत्येक वर्ष आश्विन १ गते मनाइने यो पर्व विशेषगरी कारखाना, कार्यशाला र सार्वजनिक स्थलमा पूजापाठ गरी मनाइन्छ। यस दिन मेसिनरी, औजार तथा सवारीसाधनहरूलाई सजाइ–सजावट गरेर पूजा गर्ने चलन छ।

रातो र सेतो कपडा चढाइन्छ भने सवारीसाधनलाई धजा तथा मालाले सजाएर विश्वकर्माको पूजा गरिन्छ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी
Facebook Comments