
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल देशैभर भइरहेको आन्दोलनको विषयमा सर्वदलीय बैठक बोलाएका छन् ।
देशैभर जेनजीको आन्दोलन चर्किँदै जाँदा उनले मंगलबार साँझ ६ बजेका लागि बैठक बोलाएका हुन् ।
उनले कुनै पनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै अपनाउने विधि रहेको बताएका छन् ।
सोमबार जेनजी पुस्ताले गरेको आन्दोलन र दमनको विरुद्धमा मंगलबार देशैभर आन्दोलन भइरहेको छ । आन्दोलनमा हालसम्म कम्तीमा १९ जनाको मृत्यु भइसकेको छ ।
Facebook Comments