Nepal Purbadhar

‘विरासत’ जोगाउन सफल नाडा अटो शो २०२५ सम्पन्न,कतिले गरे अवलोकन ?


काठमाडौं । आइतबार गाडीहरुको कुम्भ मेला नाडा अटो शो २०२५ सम्पन्न भएको छ ।

भदौ ३ गतेदेखि सुरु भएको अटो शो आइतबार भव्यताका साथ सम्पन्न भएको हो । अघिल्ला वर्षहरु नेपालमा एउटा मात्रै अटो शो हुने गर्थ्यो । यो पटक नाडाका असन्तुष्ट पक्षले नाइमा अटो एक्स्पो आयोजना गरे । सोही कारण कतिपयले नाडा अटो शो हुने/नहुनेमा शंका गरेका थिए । कतिपयले मानिसहरु कम आउने समेत टिप्पणी गरेका थिए । जसलाई नाडाका अध्यक्ष करण चौधरीले मनमा लिए र जसरी पनि भव्य बनाउने गरी लागे । उनको टिमको मिहिनेतले यो पटक नाडाको पूरानो विरासत कायम गर्ने गरी अटो शो सम्पन्न भएको छ । टिप्पणी गर्नेहरुलाई अटो शो भव्य बनाएर करण चौधरीले गज्जबको जवाफ फर्काएका छन् ।

उड्ने सवारी साधन, रोवोटिक म्यान र डगका कारणले मात्र होइन थुप्रै नयाँ ब्रान्डका विद्युतिय सवारी साधनहरुको कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो । यो अटो शो विगतको भन्दा निकै भब्य र बृहत भएको अध्यक्ष चौधरीको भनाई छ ।

अवलोकनकर्ताहरुले समेत टिप्पणी गरेका छन् । सुस्ताइरहेको अटोमोवाइल व्यवसायका बावजुद पनि आयोजना गरिएको यो अटो शो ले अटोमोवाइल व्यवसायलाई मात्र होइन देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन समेत मद्धत पुग्ने नाडाले अपेक्षा गरेको छ ।

नाडा अटो शो २०२५ को अवसरमा नाडाले हरेक दिन विभिन्न विषयहरुमा अन्तरक्रिया कार्यक्रमहरु समेत सम्पन्न गरेको थियो।

महासंघमा रूपान्तरणको ऐतिहासिक प्रस्ताव
अटो शो समापनकै दिन बसेको नाडा केन्द्रीय कार्य समितिको २१औं बैठकले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाललाई नाडा अटोमोवाइल्स महासंघ नेपाल (Federation of NADA Automobiles Nepal) मा रूपान्तरण गर्ने प्रस्तावसहित विशेष साधारण सभा भाद्र २४ गते आह्वान गर्ने घोषणा गरेको छ । यो कदम नाडाको स्वर्ण जयन्ती वर्षतर्फको ऐतिहासिक तयारीका रूपमा लिइएको छ।
उत्कृष्ट स्टलहरुको छनौट
यस पटकको अटो शोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मेहनत गरेको देखिन्छ र त्यसैगरी यो प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल दिपाल, एमएडब्लु अटो कर्प प्रालिले जितेको छ र उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल रोयल इनफिल्ड अल्फा अटोमोटिभ प्रालिले जितेको छ ।
त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल एवार्ड डिएफएसके श्री अद्धेत इभि प्रालिले जितेको छ र बेष्ट सर्पोटिङ्ग स्टलको बेष्ट एवार्ड हिट्को प्रालिले जितेको छ । त्यसैगरी बैंक तथा इन्स्यारेन्सहरुमा श्री ग्लोवल आईएमई बैंक लिमिटेडले जितेको छ ।


नाडाले उत्कृष्ट स्टलहरुको छनोट गर्न नाडाका सहकोषाध्यक्ष श्री पंकज अग्रवाल र नविन पारख, नेपाल अटो पत्रकार संघका अध्यक्ष सागर गजुरेल, इमानका तर्फबाट अध्यक्ष रोयल आचार्य तथा नाडा अटो शो को सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोवल एक्सपोजिशन एण्ड मेनेजमेण्ट सर्विसेज् प्रालिकातर्फबाट प्रवन्ध निर्देशक सन्तोष क्षेत्री समेत सदस्य रहनेगरी पाँच सदस्यिय बेष्ट स्टल छनोट समिति समेत गठन गरेको थियो ।



६ दिनसम्म चलेको सो प्रदर्शनीमा देशका विशिष्ट व्यक्तिहरुले समेत अवलोकन गरेका थिए । अटो शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

Facebook Comments

Read Previous

उपेन्द्र महतोको मेडिसिटी हस्पिटलको कारोबार र मार्जिन घट्यो, एक वर्षमा २ अर्ब ५५ करोडको व्यापार

Read Next

शिक्षक महासंघले सुरू गर्‍यो पहिलो चरणका आन्दोलन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar