Nepal Purbadhar

पोखरा र ठमेलमा चार तारे होटल सञ्चालन गर्ने होटल बाराहीले एक वर्षमा गर्‍यो ६५ करोडको कारोबार


काठमाडौं । पोखरा र काठमाडौंमा दुई वटा चार तारे होटल सञ्चालन गरिरहेको कम्पनी होटल बाराही प्रालिले एक वर्षमा ६५ करोड रुपैयाँको कारोबार गरेको छ ।

यो कम्पनीले २०२५ भरिमा ७५ करोड रुपैयाँको कारोबार गरेको हो ।

यसअघिका वर्षहरुमा हेर्दा २०२४ मा कम्पनीको व्यापार ५३ करोड ८० लाख रुपैयाँ थियो भने २०२३ मा २२ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो ।

त्यस्तै, २०२२ मा कम्पनीको व्यापार ११ करोड ७० लाख रुपैयाँ र २०२१ मा यो कम्पनीको व्यापार १ करोड ७० लाख रुपैयाँ रहेको थियो ।

१९९२ मा स्थापना भएको होटल बाराही प्रालिले काठमाडौंको ठमेलमा १०० वटा कोठा भएको चार तारे होटल सञ्चालन गरिरहेको छ भने पोखरा लेकसाइडमा १०२ वटा कोठा भएको होटल सञ्चालन गरिरहेको छ । हाल यो कम्पनीको सेयर स्वामित्वमध्ये १० प्रतिशत बाराही हाउजिङ एन्ड लिजिङ प्रालिसँग रहेको छ ।

कम्पनीको व्यापारमा बृद्धि भइरहँदा यसको ओपिबिआइटिडिए मार्जिनमा पनि बृद्धि भएको छ । २०२१ मा नकरात्मक ७५ प्रतिशत मार्जिन रहेकोमा २०२२ मा यसको मार्जिन १३ प्रतिशत पुगेको थियो भने २०२३ मा ३० प्रतिशत पुगेको थियो ।

२०२४ मा भने यसको मार्जिन ३७ प्रतिशत कायम भएकोमा २०२५ मा मार्जिन ४३ प्रतिशत कायम भएको छ । यो कम्पनीको स्वामित्व हस्पिटालिटी तथा पर्यटन क्षेत्रमा विगत चार दशकदेखि काम गरिरहेका हरि प्रसाद पौडेल र परिवारसँग रहेको छ ।

हालका लागि यो कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । इक्रा नेपालले यो कम्पनीलाई १ अर्ब २९ करोड रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि एलबिप्लस र ३ करोड रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।

Facebook Comments

Read Previous

त्रिवि क्रिकेट ग्राउन्ड, प्याराफिट निर्माण अन्तिम चरणमा फ्लडलाइट जडानको काम बाँकी

Read Next

केडिया समूहको ब्रिज ग्लास इन्डस्ट्रिजले एक वर्षमा गर्यो ४० करोडबढिको कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar