Nepal Purbadhar

सञ्चालनमा आएको साढे ८ महिनामा प्रनभ फुड प्रोसेसिङले गर्यो ३६ करोड बढिको व्यापार


काठमाडौं । प्रनभ फुड प्रोसेसिङ इन्डस्ट्रिज प्रालिले सञ्चालनमा आएको साढे ८ महिनामै ३६ करोडभन्दा बढिको कारोबार गरेको छ ।

२०२४ अक्टोबर अन्त्यबाट सञ्चालनमा आएको यो कम्पनीले साढे ८ महिनामा ३६ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ । सोही अवधिमा कम्पनीको पिबिआइएलडिटी मार्जिन १२.०५ प्रतिशत र प्याट (करकट्टीपछिको नाफा) १.७६ प्रतिशत कायम भएको छ ।

२०१९ मा स्थापना भएको प्रनभ फुड प्रोसेसिङ इन्डस्ट्रिज प्रालिले चितवनमा आफ्नै उत्पादन कारखाना निर्माण गरेर खाद्यान्नहरुको उत्पादन गर्दै आएको छ । कारखानाको निर्माण २०२४ को अक्टोबरमा सकिएपछि यो कम्पनीले व्यवसायिक सञ्चालन सुरु गरेको थियो । हाल यो कम्पनी मुख्य गरि मसिना चामलको बिक्री वितरणमा संलग्न रहेको छ, जहाँ कम्पनीले ‘पै‌यु’, ‘समुन्नती’, ‘हेमन्त’ र ‘परेस’ नाममा चामलको बिक्री गर्ने गर्छ ।

तीन जना बोर्ड सदस्य रहेको यो कम्पनीको अध्यक्षता भने पशुपती बुर्लाकोटीको रहेको छ ।

हालका लागि भने यो कम्पनीले ५९ करोड ९९ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । केयर रेटिङ नेपालले यो कम्पनीलाई १७ करोड ९६ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि माइनस र ४२ करोड ३ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।


Read Previous

नेपाल विद्युत प्राधिकरणमा इन्द्र न्यौपानेको संयोजकत्वमा ऊर्जाशील कर्मचारी सघ गठन, अरु को को छन् ?

Read Next

प्रधानमन्त्री ओलीले नेपालको दाबी गरेको लिपुलेकबाट व्यापार गर्ने भारत र चीनको सहमति

Nepal Purbadhar