
काठमाडौं । नेपाली बजारमा दिपल ब्रान्डको नयाँ गाडी सार्वजनिक भएको छ ।

‘दिपल एस०७ आईसीए’ नेपाली बजारमा सार्वजनिक भएको हो ।

दिपलका लागि नेपालमा आधिकारिक बिक्रेता रहेको कम्पनी एमएडब्लु वृद्धि अटोकर्पले दिपलको नयाँ गाडी नेपाली बजारमा सार्वजनिक गरेको हो।

गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
नेपालमा सार्वजनिक भएको डेढ वर्षमै अहिले ९५० युनिट डिपल सडकमा गुडिरहेका छन् । नयाँ दिपालले ग्राहकलाई कारसँग विना रोकतोक चलाउन मद्धत गर्छ । यो एपमार्फत जुनसुकै ठाउँमा बसेर पनि कारलाई कन्ट्रोल गर्न सकिन्छ । कारको झ्याल ढोका एपमार्फत खोल्न र बन्द गर्न सकिन्छ ।

एस जेरो सेभेनमा ६६.८ किलोवाट आवर क्षमताको ब्याट्री प्याक थियो । अहिले ६८.८ किलोवाट आवर क्षमताको बनाइएको छ । फुल चार्जमा ४१० किमीसम्म रेन्ज दिन्छ ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी